भूकम्प इन्जिनियरिङ र विपदपछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
भक्तपुर । २०७६ वैशाख १४ गते, शनिबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा भएको तीनदिने ‘भूकम्प इञ्जिनियरिङ र विपदपछिको पुनःनिर्माण योजना’ बारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

समापन समारोहमा बोल्नुहुँदै नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुहुँदै नीति अनुसारको कार्यान्वयन नहुँदा देशमा अहिले राजनीतिक संस्कृति नै संकटमा परेको बताउनुभयो ।
उहाँले भूकम्प, डुबान, असिना–पानी, बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोपको विपद् सम्बोधन गर्न यस सम्मेलनले महŒवपूर्ण भूमिका खेल्ने बताउनुहुँदै संस्कृति र सभ्यता मानव बिकाससँग सम्बन्धित भएको बताउनुभयो ।
सांसद सुवालले भूकम्पपश्चात निर्माण सामाग्री र दक्ष जनशक्तिको अभाव भएको बताउनुहुँदै सरकारले जिम्मेवारीपूर्वक सरकार सञ्चालन गर्न नसक्दा भूकम्पपश्चातका पुनःनिर्माण कार्यमा ढिलाइ भइरहेको बताउनुभयो ।
अमानत, उपभोक्ता समिति र जनताको सहभागितामा निर्माण भएका सांस्कृतिक सम्पदा लगतभन्दा कम रकममा गुणस्तरीय निर्माण हुने बताउनुहुँदै सांसद सुवालले सरकारले देशको संस्कृति संरक्षणको कार्यलाई जिम्मेवारीपूर्वक अगाडि बढाउनुपर्ने बताउनुभयो ।
क
लेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाअन्तर्गत सञ्चालित सबै कलेजहरूलाई अनुसन्धानको केन्द्रको रुममा विकास गर्ने लक्ष्य रहेको बताउनुहुँदै भूकम्पबाट क्षतिग्रस्त पुनःनिर्माण तथा जीर्णोद्धारको काममा स्थानीय स्रोतसाधन र जनशक्ति नै परिचालित हुनु सकारात्मक भएको बताउनुभयो ।
स्थानीय जनता, बुद्धिजीवीलगायतका विभिन्न तह र तप्काका जनताको साथ र सहयोगमा नगरपालिकाले कार्य सञ्चालन गरिरहेको बताउनुहुँदै पुर्खाले बनाएका सम्पदाले भक्तपुरको प्रतिष्ठा बढाइरहेको र त्यसको संरक्षण–सम्बद्र्धन गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको प्राचिन प्रविधि उत्कृष्ट रहेको बताउनुहुँदै भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्रको रुपमा स्थापना गर्ने र मौलिक प्रविधि नै हाम्रो पहिचान भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्र नयाँ पुस्ताको लागि सुरक्षित रुपमा संरक्षण गर्नु आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशीलचन्द्र ज्ञवालीले भूकम्पपश्चातको पुनःनिर्माणको गति ढिला भएको स्वीकार्नुहुँदै देशको राजनीतिक बेथितिले पुनःनिर्माण कार्यमा ढिलाइ भइरहेको बताउनुभयो । उहाँले स्थानीय सरकार जनताको नजिकको सरकार भएको औंल्याउनुहुँदै भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरूले पुनःनिर्माणको क्षेत्रमा राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय रुपमा कार्य गरिरहेको बताउनुभयो ।
समापन समारोहमा बोल्नुहुँदै प्रा.डा. सुदर्शनराज तिवारी र प्रा.डा. प्रेमनाथ मास्केले इञ्जिनियरिङ कलेजहरू अध्ययन–अनुसन्धानमा जोड दिनुपर्ने बताउनुहुँदै यस किसिमका सम्मेलनले विचार र अनुभवको आदानप्रदानमा टेवा पु¥याउने बताउनुभयो ।
कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवाल, कलेजका उपप्राचार्यद्वय रबिन्द्र फोंजु र रत्नशोभा प्रजापति, प्रो.डा. सुसुमो कोनो, सहायक डीन छिया· वा· र प्रा.डा. मञ्जिप शाक्यले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सांसद प्रेम सुवालले सम्मेलनका सहभागीहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।









