ग्लिटर फ्युचर (सेकेन्डरी) विद्यालयको १७ औं वार्षिकोत्सव
२०७५ फागुन २५ गते, शनिबार
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छोरा र छोरीबीचको भेद हटाई विद्यार्थीको इच्छा र क्षमताअनुसारको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
ग्लिटर फ्युचर (सेकेन्डरी) विद्यालयको १७ औं वार्षिकोत्सव, सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले छोरा र छोरीबीचको भेद हटाई व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्नुपर्ने र विद्यार्थीहरुलाई किताबी ज्ञान सँगसँगै व्यवहारिक र नैतिक शिक्षा दिनु आवश्यक भएको बताउनुभयो । सन्तानको गल्तीलाई ढाकछोप गर्नुभन्दा समयमै उनीहरुलाई सचेत बनाउनुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले नयाँ पुस्तालाई समाज र देशप्रति जिम्मेवार हुने भावनाको विकास गराउनुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले नगरपालिकालाई तिर्नुपर्ने कर समयमै तिर्नुपर्ने, नक्साबमोजिम घर निर्माणमा ध्यान दिनुपर्ने र सरसफाइमा ध्यान पु¥याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पारागण एकेडेमीका प्रिन्सिपल पुण्यराम कवांले विद्यार्थीहरुलाई कुलतबाट जोगाउन नियमित निगरानी आवश्यक भएको बताउनुहुँदै विद्यार्थीलाई सभ्य र सुसंस्कृत बनाउन शिक्षक–शिक्षिकाहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल रामप्रसाद खाताखोले विद्यार्थीको सर्वा·ीण विकास र अभिभावकको विश्वास कायम गरी उत्कृष्ट नतिजा हासिल गर्न विद्यालय सफल रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिहरुले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने प्रमुख अतिथि प्रजापतिले एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।