Explore news and happenings at Bhaktapur

भनपाद्वारा आयोजित अन्तर नगर कराँते प्रतियोगिता जारी

भक्तपुर, २०७५ फागुन ६ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा सहिद दिवसको उपलक्ष्यमा फागुन ५ गतेबाट शुरु भएको अन्तर नगर कराँते प्रतियोगिताको आज मिति २०७५ फागुन ६ गते विभिन्न तौल समूहहरुको सम्पन्न खेलका विजयी हुने खेलाडीहरुलाई आजै सहीद स्मृति खेल मैदानमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कार वितरण गर्नुभयो । विजयी खेलाडीहरुमा प्रथम¸द्वितीय र तृतीय हुन सफल खेलाडीलाई पदक सहित जनही क्रमश: रु ५०००।–¸ ३०००।– र १५००।– का दरले नगद पुरस्कार वितरण गरिएको हो ।

पुरस्कृत हुने खेलाडीहरुमा पुरुष काटातर्फ यनोज महर्जन (ललितपुर महानपा) प्रथम, स्वर्णिम मानन्धर (चन्द्रागिरी नपा) द्वितीय, सिरिस श्रेष्ठ (भक्तपुर नपा) र विकेश नेपाली (तुल्सीपुर नपा) ले तृतीय स्थान हासिल गर्न सफल भएको थियो भने महिलातर्फको काटामा मन्दिरा थापामगर (काठमाडौं महानपा) प्रथम, सञ्जु देसार (चन्द्रागिरी) द्वितीय, सृजना ब्लोन (पनौती नपा) र श्रेया रञ्जितकार (मध्यपुर नपा) ले तृतीय स्थान हासिल गर्‍यो ।

त्यसैगरी ६० केजी छात्रातर्फ सान्ता श्रेष्ठ (तार्केश्वर नपा) प्रथम, निरुपा तामाङ (पाँचखाल नपा) द्वितीय, महिमा राई र रजिना विष्ट (चन्द्रगिरी नपा) तृतीय र ६० केजी छात्रतर्फ सुरेश तामाङ (नागार्जुन नपा) प्रथम, अर्जुन बाघचन्द (काठमाडौं महानपा) द्वितीय, विषाल सुवाल (भक्तपुर नपा) र मनोज सुनुवार (चन्द्रागिरी नपा) तृतीय हुन सफल भए ।

२० केजी छात्रातर्फ प्रथममा सन्ध्या महतो (नागार्जुन नपा), द्वितीयमा पूर्णिमा पौडेल (भक्तपुर नपा), तृतीयमा सुप्रिना चौधरी (धनकुटा नपा) र करिमा तामा (चाँगुनारायण नपा) हुन सफल भएको थियो भने २० केजी तोल समूहको छात्रतर्फ सोमेश खड्का (नागार्जुन नपा), राकेश मानन्धर (चन्द्रागिरी) द्वितीय, देवराज पाण्डे (भक्तपुर नपा) र सुजल कोण्डा (भक्तपुर नपा) ले तृतीय स्थान हासिल गर्न सफल भए ।
२५ केजी छात्रातर्फ सोनाम सेर्पा (नागार्जुन) प्रथम, वर्षा केसी (पाँचखाल नपा) द्वितीय, गोमा तामाङ (गोकर्णेश्वर नपा) र अंकिता भण्डारी (भक्तपुर नपा) तृतीय हुन सफल भएको थियो भने २५ केजी छात्रतर्फ सेवेन श्रेष्ठ (नागार्जुन नपा) प्रथम, विमलकुमार थापा (भक्तपुर नपा) द्वितीय, विकास लामा (भक्तपुर नपा) र कुशल लामा (बनेपा नपा) तृतीय हुन सफल भए ।

पुरुषतर्फको ३० केजी तौल समूहमा सहिल घले (तारकेश्वर नपा) प्रथम¸ सुवास परियार (भक्तपुर नपा) द्वितीय¸ राजेन्द्र राई(चन्द्रागिरी नपा) र सम्रात पुनमगर (तुल्सीपुर नपा¸दाङ) तृतीय हुन सफल भए ।

महिलातर्फको ३० केजी तौल समूहमा रन्जिला राई (तारकेश्वर नपा) प्रथम¸ सरिता तमाङ (चन्द्रागिरी नपा) द्वितीय¸ चाँदनी राई(काठमाडौ महानपा) र कन्चन नेपाली (धनकुटा नपा) तृतीय हुन सफल भए ।

पुरुषतर्फको ३५ केजी तौल समूहमा निरज योञ्जन (काठमाडौ महानपा) प्रथम¸ अमृत थोकर (चन्द्रागिरी नपा) द्वितीय¸ सरोज थापा(नागार्जुन नपा) र प्रज्ज्वल तामाङ (सूर्यविनायक नपा) तृतीय हुन सफल भए ।

महिलातर्फको ३५ केजी तौल समूहमा अन्जली महर्जन (चन्द्रागिरी नपा) प्रथम¸ प्रजिता श्रेष्ठ (पाँचखाल नपा) द्वितीय¸ भूमिका श्रेष्ठ(नागार्जुन नपा) र सुस्मिता वाइवा (गोकर्णेश्वर नपा) तृतीय हुन सफल भए ।

पुरुषतर्फको ५० केजी तौल समूहमा देवराज श्रेष्ठ (काठमाडौ महानपा) प्रथम¸ एरिश शर्मा (भक्तपुर नपा) द्वितीय¸ रिकेश परियार (धनकुटा नपा) र सुबोध कुमार शाह (भक्तपुर नपा) तृतीय हुन सफल भए ।

महिलातर्फको ५० केजी तौल समूहमा जिया कार्की (तारकेश्वर नपा) प्रथम¸ सृजना ब्लोन (पनौती नपा) द्वितीय¸ सीमा राई (बाह्रबिसे नपा) र सजिना लामा (सूर्यविनायक नपा) तृतीय हुन सफल भए ।

पुरुषतर्फको ५५ केजी तौल समूहमा प्रविण तामाङ (भक्तपुर नपा) प्रथम¸ शौजन मधिकर्मी (भक्तपुर नपा) द्वितीय¸ अनिष लामिछाने (तारकेश्वर नपा) र इन्द्रबहादुर स्याङ्गताङ्ग (पनौती नपा) तृतीय हुन सफल भए ।

महिलातर्फको ५५ केजी तौल समूहमा सानु माया थिङ (चन्द्रागिरी नपा) प्रथम¸ सोनी राई (तारकेश्वर नपा) द्वितीय¸ तारादेवी तामाङ(भक्तपुर नपा) र करुणा श्रेष्ठ (भक्तपुर नपा) तृतीय हुन सफल भए ।

भोली फागुन ७ गते अन्तरनगर कराँते प्रतियोगिताका बाँकी खेलहरु सम्पन्न गरी दिउँसो १२:०० बजे पुरस्कार वितरण तथा समापन कार्यक्रम हुने आयोजक समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.