Explore news and happenings at Bhaktapur

राजविराजमा कार्यकर्ता भेला

0

लाहान, १३ माघ २०७५, आइतबार ।

नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसकै अवसरमा आइतबार सप्तरीको राजविराजमा कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा सम्बोधन गर्नुहुँदै नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपा भ्रष्टाचारविरोधी आन्दोलनबाट अगाडि बढेको, पुँजीवाद धनी झन् झन् धनी र गरिब झन् झन् गरिब हुने व्यवस्था हो भन्नुभयो ।

पुँजीवादी व्यवस्थामा शोषणका सयौं थरिका जालो हुने गर्दछ । नेमकिपा सिद्धान्त र अडानमा प्रतिबद्ध रहँदै आएको छ । तराईमा किसान आन्दोलन अगाडि बढाउनुपर्नेमा उहाँले भन्नुभयो जोड दिनुभयो ।

कार्यक्रममा नेमकिपा सप्तरी जिल्ला अध्यक्ष दिगम्बर यादवले पुँजीवाद काम गरी खाने वर्गको पक्षमा नरहेको बताउँदै समाजवादी व्यवस्थाको निम्ति निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सप्तरी जिल्ला सदस्य जयनारायण शर्मा, अभिनन्दन यादव, दिपु यादवलगायतले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.