Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाबाट सहकारी संस्था अनुगमन सुरु

0

२०७५ पुस १७ गते, मंगलबार
भक्तपुर नगरपालिका, सहकारी संस्था अनुगमन समितिले सहकारी संस्थाहरुको अनुगमन सुरु गर्‍यो । भक्तपुर नगरपालिका वडा नं. २ स्थित हाम्रो अरनिको बचत तथा ऋण सहकारी संस्थामा मंगलबार अनुगमन गरियो ।
अनुगमनको क्रममा साधारण सभा, ऋण दिने प्रक्रिया, पर्ल्स प्रणालीअनुसार आर्थिक स्थिति छ कि छैन, सञ्चालक समिति, लेखा समिति, ऋण समिति, शिक्षा समितिको बैठक बसेको छ कि छैन भन्ने अनुगमन गरियो ।
सहकारी संस्था अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाको नेतृत्वमा सदस्यहरु हरिरत्न गोर्खाली, श्यामसुन्दर मातां र जितेन्द्र मुनंकर्मीले सहकारी संस्थाको अनुगमन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.