Explore news and happenings at Bhaktapur

वडा नं. ३ मा हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । २०८२ पुस ६

0
भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजना तथा ख्वप अस्पतालको प्राविधिक सहयोगमा शनिबार वंशगोपालमा हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले मेडिकल सामाग्री हस्तान्तरण गरी भक्तपुर नगरपालिकाले नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी समय समयमा वडा समितिमार्फत विविध रोगको निःशुल्क शिविर सञ्चालन गरिरहेको धारणा राख्दै नगरबासी स्वस्थ रहे मात्र राम्रो, स्वस्थ नगर बन्ने भएकोले आआफ्नो स्वास्थ्य परीक्षण गरी उपचार गर्न सके धनजनको क्षतिबाट बच्ने प्रष्ट पार्नुभयो ।
कार्यक्रममा ख्वप अस्पतालमा डा. मनिष प्रधानांगले भनपाले भक्तपुर नगरबासी मात्र होइन देशभरिका विरामीलाई विविध रोगको बारेमा सेवा प्रदान गर्दै हाडजोर्नी नशा लगायतमा पनि सम्पूर्ण उपचार दिइरहेको धारणा राख्नुभयो ।
भक्तपुरबासीलाई टाढा गएर होइन, सबै आफ्नै ठाउँमा सेवा दिन अग्रसर भइरहेको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवाल, वडा सदस्य कृष्णगोपाल चौगुठीले पनि बोल्नुभएको थियो ।
उक्त शिविरमा १३९ जग पुरुष तथा महिलाले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा ख्वप अस्पतालमा डा. मनिष प्रधानांंग र श्रेया शर्माले परीक्षण गर्नुभएको थियो । साथै आवश्यक औषधीहरु निःशुल्क वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.