Explore news and happenings at Bhaktapur

अन्तर विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत भएको खोखो, कबड्डी र जिम्नाष्टिक खेलको नतिजा भक्तपुर ।

२०८२ मंसिर २७

0
भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तर विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको खोखो छात्रतर्फ खेलअन्तर्गत बागीश्वरीले ज्ञान तारा स्कूललाई ४ का विरुद्ध २७ अंकले जित हासिल गर्यो । छात्रातर्फ बागीश्वरीले ख्वप्रिंलाई १ का विरुद्ध १६, छात्रातर्फ ब्राइट स्टारले बासु माविलाई ७ का विरुद्ध ९, छात्रातर्फ आदर्श आजाद माविले वाइजल्याण्डलाई १ का विरुद्ध १०, छात्रतर्फ बागीश्वरी माविले माउन्ट भ्यालीलाई ५ का विरुद्ध १२, छात्रतर्फ बासु माविले पारागणलाई १४ का विरुद्ध १५, छात्रतर्फ वाइजल्याण्डले बालविकासलाई ३ का विरुद्ध २० र छात्रतर्फ विद्यार्थी निकेतनले गोल्डेन गेटलाई ११ का विरुद्ध १३ अंकले जित हासिल गर्यो ।
कबड्डीको नतिजा
आजको अन्तरनगर विद्यालय कबड्डी प्रतियोगिताको सेमि फाइनल छात्रातर्फ पारागण एकेडेमीले रोम्बसलाई २१ का विरुद्ध ४०, वागीश्वरीले ख्वप माविलाई २५ का विरुद्ध ४१ अंकले जित हासिल गर्यो ।
त्यस्तै सेमि फाइनल छात्रतर्फ भने मिनर्वा इ. स्कूलले रोम्बस स्कूललाई १० का विरुद्ध ५५, मोर्डन स्कूलले वागीश्वरी माविलाई १५ का विरुद्ध ५३ अंकले जित हासिल गर्यो ।
आज भएको क्वाटर फाइनल छात्रातर्फ भने पारागण एकेडेमीले साइनिं स्कूललाई ३५ का विरुद्ध ४३ अंकले जित हासिल गर्यो ।
जिम्नाष्टिक खेलको नतिजा
आज सम्पन्न जिम्नाष्टिकको सिनियर गल्र्स भल्टतर्फ ख्वप्रिं इ. स्कूल प्रथम, एभरेष्ट इ.स्कूल दोस्रो र एभरेष्ट इ. स्कूल तेस्रो हुन सफल भयो ।
सिनियर गल्र्स फ्लोरअन्तर्गत ख्वप्रिं इ. स्कूल प्रथम, एभरेष्ट इ. स्कूल दोस्रो र एभरेष्ट इ. स्कूल तेस्रो हुन सफल भयो ।
अल राउन्डर सिनियर गल्र्सअन्तर्गत ख्वप्रिं इ. स्कूल प्रथम, एभरेष्ट इ. स्कूल दोस्रो र एभरेष्ट इ. स्कूल तेस्रो हुन सफल भयो ।
सिनियर ब्वाइज फ्लोरमा भने बागीश्वरी मावि प्रथम, ख्वप्रिं स्कूल दोस्रो र लर्नर्स एकेडेमी तेस्रो हुन सफल भयो ।
सिनियर ब्वाइज भल्टतर्फ बागीश्वरी मावि प्रथम, ख्वप्रिं एकेडेमी दोस्रो र एभरेष्ट इ. स्कूल तेस्रो हुन सफल भयो ।
अल राउन्डर ब्वाइजतर्फ बागीश्वरी मावि प्रथम, ख्वप्रिं इ. स्कूल दोस्रो र एभरेष्ट इ. स्कूल तेस्रो हुन सफल भयो ।

Leave A Reply

Your email address will not be published.