Explore news and happenings at Bhaktapur

विद्यार्थीको आकर्षण बढाउन गुणस्तरीय शिक्षा प्रदान गर्नु आवश्यक

भक्तपुर, २९ कार्तिक ।

0
ख्वप कलेजमा शैक्षिक वर्ष २०७७/७८ मा भर्ना भई स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीलाई शनिबार एक कार्यक्रम गरी बिदाइ गरियो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छे“लगायत अन्य अतिथिहरूले विद्यार्थीलाई कलेजको चिनो प्रदान गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छे“ले विद्यार्थीको चाख र चाहनाअनुसारको कार्यक्रम/विषयहरू सञ्चालन गर्नेतर्फ कलेज व्यवस्थापन पक्षले ध्यान दिनु जरूरी भएको बताउनुभयो ।
कलेजप्रति विद्यार्थीको आकर्षण बढाउन गुणस्तरीय शिक्षा प्रदान गर्नु अत्यावश्यक भएजस्तै विद्यार्थीकेन्द्रित अतिरिक्त क्रियाकलापलाई नियमितता दिनु पनि उत्तिकै जरूरी भएको उहा“ले बताउनुभयो ।
जागिर खाने मानसिकताले होइन देश र जनताको सेवा गर्ने भावनासहित अध्ययनलाई निरन्तरता दिनुपर्नेमा जोड दि“दै अध्यक्ष बिजुक्छे“ले भन्नुभयो, “सम्पन्न परिवारको हुनुहुन्छ र जीविको पार्जनमा समस्या छैन भन्ने जागिर खानु उचित होइन† लेखक, कवि, कलाकार भई देश र जनताको सेवामा लाग्नु आवश्यक छ ।”
कुनै पनि गतिविधिमा सरिक हुनुभन्दा पहिले बुझेरमात्र लाग्दा पछुटाउन नपर्ने सुझाव दि“दै अध्यक्ष बिजुक्छे“ले मतभेद भएको विषयमा छलफल गरी समस्या समाधान गर्नु उपयुक्त हुन्छ भन्नुभयो ।
जानकार नभएको विषयमा आ“खा चिम्ली जे सुकै होस् भनी लाग्दा पछि पछुताउनुपर्ने भएकोले बेलैमा सजग हुनुपर्नेमा उहा“ले जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छे“ले अध्ययनलाई निरन्तरता दिई देश र जनताको इमानदारीपूर्वक सेवामा लान विद्यार्थीलाई सुझाव दिनुभयो ।
कार्यक्रममा सभापति, कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप कलेज स्थानीय निकायबाट सञ्चालित नेपालकै पहिलो कलेज भएको र भक्तपुर नगरपालिकाले ७ वटा कलेज÷विद्यालयहरू सञ्चालन गरी देशभरिका विद्यार्थीलाई पढ्न अवसर दिइरहेको छ भन्नुभयो ।
भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालय सञ्चालनको क्रममा रहेको उल्लेख गर्दै उहा“ले भन्नुभयो, “ख्वप विश्वविद्यालयको स्थापना भएमा विद्यार्थीले कम शुल्कमा चिकित्सा शिक्षा हासिल गर्ने अवसर पाउनेछ ।”
“विद्यार्थीहरू अनुशासित हुनुपर्छ, भ्रष्टाचारविरोधी हुनुपर्छ । देशको सार्वभौमिकता रक्षा एवं सीमा सुरक्षामा युवाहरू सचेत भई लाग्नु जरुरी छ”, उहा“ले भन्नुभयो ।
विचारद्वारा निर्देशित परिवर्तनमात्र दीगो हुने र विचारले निर्देशित क्रान्तिले मात्र देशमा परिवर्तन ल्याउन सकिने धारणा प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
सत्तामा पुगेका राजनीतिक पार्टीहरूले निर्वाचनमा जनतालाई व्यक्त गरेका प्रतिबद्धता पूरा नगरेको, पदमा भागबन्डा गरेको, सत्तामा पुगी भ्रष्टाचार गरेको, राम्रोलाई नभई आफ्नो मान्छेलाई नियुक्ति गर्दा जनतामा फैलिएको आक्रोशको परिणाम भदौ २३ र २४ को विध्वंश भएको उहा“ले बताउनुभयो ।
देशको सार्वजनिक कलकारखानाहरू कौडीको मोलमा निजीकरण गराउ“दा देशभित्र रोजगारको अभावमा युवाहरूलाई विदेशिन बाध्य भएको चर्चा गर्दै प्रमुख प्रजापतिले सार्वजनिक संस्थानलाई कम्पनीमा परिवर्तन गर्ने मन्त्रिपरिषद्को निर्णय त्रुटीपूर्ण भएको बताउनुभयो ।
राज्यलाई नोक्सान हुने काम गर्नु पनि भ्रष्टाचार नै हुने प्रमुख प्रजापतिले स्पष्ट पार्नुभयो ।
“सचेत र बौद्धिक मानिसले राजनीति गर्नु जरूरी छ, राजनीति भनेको देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु हो । सत्ता स्वार्थ एवं पार्टीगत स्वार्थको लागि देश र जनताको अहितमा हुने कामलाई राजनीति भनि“दैन”, उहा“ले स्पष्ट गर्नुभयो ।
प्रमुख प्रजापतिले लहलहैमा होइन सोचेर अगाडि बढ्न विद्यार्थीलाई सुझाव दिनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थीको चाहनाअनुसारका विषयहरू सञ्चालन गर्न कलेज लागिपरेको जानकारी दि“दै स्नातकोत्तर तहको पढाइ पनि ख्वप कलेजबाटै पूरा गर्न आग्रह गर्नुभयो ।
ख्वपको पढाइ तुलनात्मकरूपमा राम्रै रहेको र ख्वप कलेजमा अध्ययनरत ३ जना विद्यार्थीले स्नातकोत्तर तहमा देशकै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको प्राचार्य श्रेष्ठले बताउनुभयो ।
ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले शैक्षिक उपाधि हासिल गर्नुमात्र पढाइको उद्देश्य हुन नहुने स्पष्ट पार्दै मानिसमा विवेक र सद्ज्ञान हुनु जरूरी छ भन्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठ र इन्चार्ज कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सड्ढायका विद्यार्थी प्रतिनिधिहरू – रीतिका दुवाल, रोहिणी विश्वास मण्डल, सुमी फैजू, अमन खत्री र गुञ्जमाया तामाङले ख्वप कलेजबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा अध्ययनका अतिरिक्त गीत–सङ्गीतलाई निरन्तरता दिइरहेका सङ्गीत क्षेत्रका उदयीमान ख्वप कलेजका विद्यार्थी प्रिया बस्नेतलाई अध्यक्ष बिजुक्छे“ले कदरपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।
 

Leave A Reply

Your email address will not be published.