Explore news and happenings at Bhaktapur

बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग नगर प्रमुख प्रजापतिको भेट

हेटौडा, २०८२ कार्तिक २५

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग आज मुख्यमन्त्री कार्यालयमा भेट गर्नुभयो ।
भेटमा मुख्यमन्त्री बानियाँले भक्तपुरको शिक्षा, स्वास्थ्यलगायतका विषयमा आफूलाई जानकारी रहेको बताउँदै भक्तपुरको स्वास्थ्य क्षेत्रलाई नजिकबाट नियाल्ने इच्छा रहेको बताउनुभयो ।
भक्तपुरको शिक्षा र स्वास्थ्य क्षेत्र विकासको लागि प्रदेशबाट हुनसक्ने सहयोगको लागि सँधै तत्पर रहेको बताउँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेज र अस्पतालको समेत छिटै निरीक्षण गर्ने बताउनुभयो ।
सोही क्रममा नगरप्रमुख प्रजापतिले मुख्यमन्त्री बानियाँलाई भक्तपुर अवलोकन भ्रमणको लागि निमन्त्रणा गर्नुभयो । भक्तपुर नपाबाट सञ्चालित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था, ख्वप अस्पताल र आँखा अस्पतालको सेवा प्रवाह र सम्पदा संरक्षणबारे अवगत गराउनुभई स्थानीय तहको समस्याबारे ध्यानाकर्षण्ण गराउनुभयो । प्रमुख प्रजापतिले ख्वप विश्व्विद्यालय स्थापनाको लागि नपाले पहल गरिरहेको बताउनुभयो ।
सोही क्रममा नगरप्रमुख प्रजापतिले मुख्यमन्त्री बानियाँलाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.