विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०८२ को अवसरमा शुभकामना आदानप्रदान
भक्तपुर । २०८२ असोज ९
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न भयो ।

प्राज्ञिक व्यक्तिहरुले बिदाको समयमा नयाँ नयाँ पुस्तक अध्ययन गरी जनताको चेतना उठाउने काममा लाग्ने आशा राख्दै उहाँले चाडबाडमा हुने हुलहुज्जत तथा अनेक खालका गतिविधिबाट सचेत रहन आग्रह गर्दै स्वास्थ्य र सरसफाइलाई ध्यान दिएर अगाडि बढनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
देशप्रति उत्तरदायी हुनुपर्ने व्यक्तिहरु नै राष्ट्रप्रति अनुत्तरदायी हुँदा राजनीति प्रति युवाहरुको वितृष्णा रहँदै आएको बताउँदै उहाँले ‘राजनीति इन्जिनियरले कोरेको नक्सा जस्तै अगाडि बढ्ने होइन, तरवारको धारमा हिँड्नु जस्तै खतरनाक हुने’ वर्तमान राजनीतिक घटनाक्रमले प्रष्ट पारेको बताउनुभयो ।
शासक दलप्रति नयाँ पुस्ताको आक्रोशको परिणामस्वरुप असोज २३ र २४ गते देशमा विध्वंशात्मक कार्य भएको बताउँदै उहाँले आन्दोलन हुनु ठूलो कुरा होइन, आन्दोलनको उद्देश्य र उपलब्धी महत्वपूर्ण हुने बताउनुभयो ।
साम्राज्यवादीहरुको लगानीमा स्वार्थ लुकेको हुन्छ भन्दै उहाँले जेनजी आन्दोलनमार्फत पश्चिमा देशहरुले नेपाललाई उपनिवेश बनाउन खोजिरहेकोबारे देशभक्त तथा न्यायप्रेमी जनताहरु सचेत र संगठित हुन जरुरी रहेको बताउनुभयो ।
आन्दोलनको क्रममा देशको सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसनधान आयोग, प्रहरी चौकीलगायत महत्वपूर्ण कार्यालयहरुमा आगजनी र तोडफोड हुनु दुखद् घटना भएको बताउँदै उहाँले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार गठनमा पनि विदेशी शक्तिहरुको हात रहेको चर्चा व्याप्त रहेको उहाँले प्रष्ट पार्नुभयो ।

उपप्रमुख जोशीले आन्दोलनको क्रममा भक्तपुरमा पनि आगजनी तथा तोडफोड भएको बताउँदै जनताको मर्म र भावनाअनुसार जनप्रतिनिधिले काम नगर्दा देशमा अप्रत्यासित घटना घटेको बताउनुभयो ।




कार्यक्रममा कलेज प्रशासन प्रमुख सन्जय मानन्धर, लेखा शाखा प्रमुख काजीबहादुर पञ्च, आर्किटेक्ट विभागका प्रमुख अर्चना बाडे श्रेष्ठ, इलेक्ट्रिकल विभागका प्रमुख राकेश ग्वाछाले विजया दशमी, शुभ दिपावली र छठ पर्वको शुभकामना दिनुभयो ।


