भक्तपुरका जनताले जनविरोधी पदाधिकारीहरुको स्वार्थ कहिल्यै पुरा हुन दिने छैन – सुनिल प्रजापति, प्रमुख, भक्तपुर नपा
२०७९ भदौ ११ गते
स्थानीय तहको दोस्रो निर्वाचनबाट हामी निर्वाचित भएको आज १०० दिन पुग्यो । २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा भक्तपुर नगरपालिकाका लागि प्रमुख, उप प्रमुखसहित सम्पूर्ण सदस्यहरु नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरु विजयी भयौँ । विगतमा नेमकिपाका जनप्रतिनिधिहरुले गरेका कामको मूल्याड्ढन गरी पुनः एक कार्यकालका लागि भक्तपुरका जनताले नेमकिपाका उम्मेदवारहरुलाई जिताउनु भयो । यस अवसरमा हामीलाई अत्यधिक मतले विजयी बनाउनु हुने तमाम भक्तपुर बासी मतदाता दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौंैं । जेठ ६ गते हामीले सपथग्रहण गरेदेखि नै निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको बचनअनुसार काम गर्दैछौं ।