मौलिक शैलीका घरलाई अनुदान
भक्तपुर नगरभित्र नगरपालिकाको मापदण्ड अनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका घरधनीहरुलाई हिजो एक कार्यक्रमबीच अनुदान प्रदान गरेको थियो । जसन्तर्गत अनुदान लिनेमा वडा नं ५ का कृष्णदेवी सिबन्जारलाई रु। ३ लाख, वडा नं। ४ का लक्ष्मीप्रसाद मधिकर्मी र उत्तमप्रसाद मधिकर्मीलाई रु। ३ लाख, वडा नं। ५ का मनिषा साखलाई रु। १ लाख ४ हजार ५९६, वडा नं। ९ का सुमित्रा नायभा श्रेष्ठलाई रु। २ लाख ४४ हजार २९० रुपैयाँ, वडा नं। ५ का राधेश्याम तुल्सीबाख्योलाई रु। १ लाख २१ हजार १७०, वडा नं। ९ का शिवप्रसाद श्रेष्ठलाई रु। १ लाख ५ हजार ८६, वडा नं। ३ का सुलोचना धुख्वालाई रु। ३ लाख गरी जम्मा रु। १४ लाख ७५ हजार १४४ रुपैयाँ रुपैंया बराबर काठ, ईटा र झिंगटी अनुदान स्वरुप प्रदान गरिएको थियो ।






