Explore news and happenings at Bhaktapur

भक्तपुर नपाबाट ज्येष्ठ नागरिक परिचयपत्र निःशुल्क जारी हुने

0
उपरोक्त सम्बन्धमा मिति २०७९।४।११ गते बुधबार साँझ Bhaktapurians facebook page मा ‘भक्तपुर नगरपालिकामा बृद्धहरुको लागि गाडीमा छुट लिनको लागि कार्ड बनाउ“दा रु. १०००।— लियो र त्यसको कुनै रसिद दिइएन । त्यो कार्ड बनाउ“दा १००० शुल्क लिन्छ र ? लिन्छ भने रसिद किन दिइएन होला ?’ लेखी विरेन्द्र मानन्धर भन्ने व्यक्तिले पोष्ट गरेको र यस बारे ५०,६० जनाले भिन्न, भिन्न कमेन्ट गरी नगरपालिकामा भ्रष्टाचार भएको भन्ने सन्देश जाने गरी भ्रम फैलाएको विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
सो सम्बन्धमा उक्त समाचार प्रकाशन भएको भोलिपल्ट मिति २०७९।४।१२ गते कार्यालय समय शुरु हुनासाथ विहान १०ः०० बजे नै सोधपुछ गरी उक्त भ्रमपुर्ण समाचार पोष्ट गर्ने विरेन्द्र मानन्धरको मोबाइल नं. पत्ता लगाई सम्पर्क गर्दा निज मानन्धरले सो विषयमा सत्यतथ्य पत्ता लगाउन मद्दत गर्ने र सम्बन्धित जेष्ठ नागरिकका साथ नगरपालिकामा आउने वचन दिएको थियो । तर दिउ“सो निर्धारित समयसम्म पनि नगरपालिका कार्यालयमा नआएपछि पुनः मोबाइल सम्पर्क गर्दा उक्त जेष्ठ महिलालाई बिहानै सम्बन्धित मान्छेले बोलाएर पैसा फिर्ता दिएको भनी खबर गरेकोमा निज मानन्धरलाई पैसा फिर्ता दिए पनि गलत नियतले पैसा लिएर फिर्ता दिने व्यक्ति चिन्न सहयोग गरिदिनु हुन अनुरोध गरेका थियौं र निज मानन्धरले दिउंसो नगरपालिकामा आई सहयोग गर्ने वचन दिएकोे थियो ।
तर दिउ“सो ३ः४५ बजेसम्म पनि निज मानन्धर नपामा नआए पछि पुनः फोन गरी बोलाउ“दा सम्बन्धित जेष्ठ महिला दिउ“सो आएर जेष्ठ नागरिक परिचय पत्र बनाएर लगिसकेको र पैसा लिने व्यक्तिले पैसा फिर्ता गरिसकेको र उक्त पैसा लिने व्यक्ति नपाको कर्मचारी नभएकोले समस्या समाधान भइसकेको हु“दा नपामा आईराख्न आवश्यक नभएको बतायो । त्यसो भए Facebook Page बाट भएको भ्रमपूर्ण, भ्रष्टाचार र नगरपालिकाको बद्नाम गर्ने उद्देश्यले प्रकाशित समाचारको खण्डन गर्न भन्दा संशोधन गर्ने वचन दिए पनि खण्डन नगरी उक्त पोष्ट नै फेसबुक पेजबाट हटाएको थियो । निज मानन्धरले जानकारी दिए अनुसार मिति २०७९।४।१२ गते दिउ“सो २ः४५ बजे लक्ष्मी देवी मानन्धर नामका भ.न.पा वडा नं. ९ का जेष्ठ नागरिकले परिचय पत्र बनाएर लगेको छ । सोही अनुसार निजको निवेदनमा उल्लेख भएको निजको मोबाइलमा सम्पर्क गर्दा निज लक्ष्मी देवी मानन्धरले नै मोबाइल उठाएको र कुराकानीको क्रममा निज जेष्ठ महिलाले लेखनदास निरन्जन थापालाई ज्येष्ठ नागरिक परिचय पत्र बनाउन रु. १०००।— दिएर निवेदन लेख्न लगाएको बताएको थियो । निज थापा भ.न.पा प्रशासन शाखामा आई उक्त लक्ष्मी देवी मानन्धरको जेष्ठ नागरिक परिचय पत्र बनाउन बुझ्न आउ“दा सम्बन्धित कर्मचारीले सम्बन्धित जेष्ठ नागरिक वा एकाघरको परिवारजनबाट मात्र निवेदन दिई परिचयपत्र बनाउन सकिने र जेष्ठ नागरिक परिचयपत्र बनाउने विषयमा नै यस नगरपालिकामा रु. १००० भ्रष्टाचार भएको भनी सामाजिक सञ्जालमा समाचार आइरहेको विषय समेत सचेत गराएको थियो । त्यसपछि निज लेखनदास थापाले आफुले उक्त जेष्ठ महिलास“ग लिएको रु. १००० सम्बन्धित महिलालाई बोलाइ रकम फिर्ता गरेको थियो । त्यसलगत्तै उक्त जेष्ठ महिलालाई नपामा आफूस“गै लिएर आइ नगरपालिकाबाट निःशुल्क उपलब्ध गराइएको निवेदन भरी ज्येष्ठ नागरिक परिचयपत्र बनाएर लगिएको थियो । यस विषयमा समाचार सम्प्रेषण गर्ने विरेन्द्र मानन्धर, जेष्ठ महिला लक्ष्मी देवी मानन्धर र लेखनदास थापास“ग उक्त समाचारसम्बन्धी बुझ्दा निम्न व्यहोराहरु भएको प्रष्ट भएको छ ।
क) मिति २०७९।४।११ गते जेष्ठ नागरिक लक्ष्मी देवी मानन्धरले लेखनदास निरन्जन थापालाई भेटी गाडीमा छुट लिनको लागि परिचयपत्र बनाउन निवेदन लेख्न लगाई निजलाई रु. १०००।— दिइ उक्त निवेदन लिई भनपा ९ नं. वडा कार्यालय गएको ।
ख) सम्बन्धित वडा कार्यालयबाट नगरपालिकाबाट नै जेष्ठ नागरिक परिचय पत्र जारी हुने बताएपछि निवेदन सच्याई मिति २०७९।४।१२ गते भ.न.पा कार्यालय आएको र सम्बन्धित कर्मचारीले सम्बन्धित व्यक्ति वा एकाघरको परिवारलाई मात्र परिचय पत्र बुझाउन सकिने र यही सम्बन्धमा रु. १०००।— अनियमितता भएको भनी सामाजिक सञ्जालमा समाचार आएको विषयमा समेत निज थापालाई सचेत पारेको र त्यसपछि निज लेखनदास थापाले उक्त जेष्ठ महिलालाई रकम फिर्ता गरी ज्येष्ठ नागरिक परिचयपत्र बनाउन नपाको कार्यालयमा आएको र जेष्ठ नागरिक परिचय पत्र निज थापा हस्ते बुझी लगेको ।
ग) सो सम्बन्धमा सामाजिक सञ्जालमा समाचार पोष्ट गर्ने विरेन्द्र मानन्धरस“ग फोन गरी बुझ्दा बिहान ११ः०० बजे तिर निज जेष्ठ महिलाले उक्त रकम फिर्ता पाएको र दिउ“सो ३ः४५ बजेसम्ममा उक्त महिलाले जेष्ठ नागरिक परिचय पत्र प्राप्त गरिसकेको र उक्त रु. १०००।— न.पा.को कर्मचारीले नलिएको र लेखनदासले फिर्ता गरिसकेको र समस्या समाधान भईसकेको भनी जानकारी गराइएको ।
घ) निज विरेन्द्र मानन्धरलाई सो सम्बन्धमा सामाजिक सञ्जालमा पोष्ट गरेको झुटो समाचार सच्याइ खण्डन गरी सहि कुरा पोष्ट गर्न भन्दा निजले मौखिक रुपमा सहमति जनाए पनि पछि उक्त पोष्ट नै सामाजिक सञ्जालबाट हटाइएको ।
ङ) यसरी सो घटनासम्बन्धी अनुसन्धानको क्रममा जेष्ठ नागरिक परिचय पत्र बनाउने जेष्ठ नागरिक भ.न.पा वडा नं. ९ का लक्ष्मी देवी मानन्धर रहेको र निजस“ग रु. १०००।— लिने र पछि फिर्ता गर्ने लेखनदास निरन्जन थापा रहेको तथा विरेन्द्र मानन्धर भन्ने व्यक्तिले Bhaktapurians facebook मार्फत सामाजिक सञ्जालमा विना आधार र प्रमाण भक्तपुर नगरपालिकाको बदनाम गर्ने र सम्बन्धित कर्मचारीहरुको चरित्र हत्या गर्ने उद्देश्यका साथ भ्रष्टाचार जस्ता अत्यन्त गम्भीर आरोप लाग्ने किसिमका समाचार पोष्ट र कमेन्ट समेत गरी झुटलाई सत्य प्रमाणित गर्ने प्रयास गरेको ।
च) माथि उल्लेखित सबै बु“दाहरुबाट मिति २०७९।४।११ गते विरेन्द्र मानन्धरले Bhaktapurians facebook page मा प्रकाशित गरेको ‘भक्तपुर नगरपालिकामा बृद्धहरुको लागि गाडीमा छुट लिनको लागि कार्ड बनाउ“दा रु. १०००।— लियो र त्यसको कुनै रसिद दिइएन । त्यो कार्ड बनाउ“दा १००० शुल्क लिन्छ र ? लिन्छ भने रसिद किन दिइएन होला ?’ भन्ने समाचार कपोलकल्पित, भ्रामक, आधारहिन र तथ्यहिन भएको र सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गर्दै सबै सरोकारवालाहरुलाई संचार माध्यमको दुरुपयोग गरी कुनै व्यक्ति वा संस्थाको बदनाम नगर्न समेत सचेत पार्न चाहन्छौं ।
छ) अतः सम्पूर्ण नगरवासी र सम्बन्धित पक्षहरुलाई भक्तपुर नगरपालिका सम्बन्धी कुनै पनि किसिमका गम्भिर र दिर्घकालिन असर पर्ने किसिमका सामाचारहरु विना आधार र प्रमाण प्रचारप्रसार नगरिदिनुहुन र कसैले त्यस्ता कुनै समाचार सम्प्रेषण गरेमा भक्तपुर नगरपालिका कार्यालय, सम्बन्धित शाखा, उपशाखा र सम्बन्धित कर्मचारीहरुस“ग प्रत्यक्ष रुपमा बुझ्नुहुन अनुरोध गर्दछु र यस्ता भ्रमपूर्ण र निराधार सामाचारबाट कोही पनि प्रभावित नहुन समेत अनुरोध गर्दछु ।
ज) पुनश्चः यस नपाबाट जेष्ठ नागरिक परिचयपत्र आवेदन फाराम र परिचय पत्र निशुल्क विरतण भईरहेको व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गर्दछौं ।
भक्तपुर नगरपालिका
प्रशासन शाखा

Leave A Reply

Your email address will not be published.