Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम ख्वप सः को वार्षिकोत्सव कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीको मन्तव्य

२०७९ साउन ९ गते, सोमबार (ख्वप सःको वार्षिकोत्सव कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको मन्तव्य)

0
भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम ‘ख्वप स’ सञ्चालनको ४ वर्ष पूरा भई पाँचौं वर्ष प्रवेश गरेको अवसरमा सम्पूर्णमा हार्दिक बधाई एवम् शुभाकामना व्यक्त गर्दछौँ ।
‘कला—संस्कृतिको नगर’, ‘नाचगानको राजधानी’ उपनाम पाएको यस
नगरलाई पछिल्लो चरणमा भक्तपुर ‘संसारको जीवित सङ्ग्रहालय’ को रुपमा परिचित हुँदै आएको छ । आकारले सानो यो नगरलाई ‘ज्ञान विज्ञानको केन्द्र’, पर्यटकीय गन्तव्यस्थल बनाउने हाम्रा अग्रजहरुले सुरु गर्नुभएको अभियानलाई हामीले निरन्तरता दिँदैछौं ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको भविष्यको कल्पना गर्दै २०५९ असोजमा ‘सय वर्षपछिको भक्तपुर’ नामक पुस्तक प्रकाशित गर्नुभयो । त्यो पुस्तकलाई हामी जनप्रतिनिधिहरुले पथप्रदर्शक मानेर काम गर्दै आयौं । हामी भक्तपुरलाई सफा, सुन्दर र शान्त नगरको रुपमा विकास गर्ने कोशिस गर्दैछौं । जनताको साथ र सहयोगबाट काम गर्न हामीले सहज महसुस गरेका छौं । जनप्रतिनिधि, कर्मचारी र जनताबीचको राम्रो समन्वयले भक्तपुर नगर आजको अवस्थामा आई पुग्न सम्भव भएको हो ।
वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचन पश्चात भक्तपुरमा मेयर, उपमेयर र १० वटै वडामा वडाध्यक्षहरुको बहाली भयो । जनप्रतिनिधि बहाली पश्चात नगरपालिकाले जनताको साथ लिएर उदाहरणीय कार्यहरु सेवा प्रवाहमा देशकै उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ । अघिल्लो कार्यकालको पाँच वर्षमा हामीले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाई लगायत नगर र नगरवासीहरूको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरुका साथै थुप्रै विकास निर्माणका कामहरु सम्पन्न ग¥यौं । विगत ५ वर्षमा वि.सं. २०७२ सालको भूकम्पबाट क्षतिग्रष्ट १२० भन्दा बढी सम्पदाहरुको पुनःनिर्माण उपभोक्ता समितिहरुबाट सम्पन्न ग¥यौं ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावको भक्तपुर नगरपालिकामा भएको जितलाई हामी सम्पूर्ण जनप्रतिनिधिहरूले देशभक्त जनताको जितको रुपमा लिएका छौं । र हामीले देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
हामी सम्पूर्ण जनप्रतिनिधिहरूले हरेक कामहरु जनताको साथ लिएर गर्दै आएका छौं । हामीले गरेका यी र यस्ता कामहरुबारे सारा नगरबासीहरुलाई सुसूचित गर्नुपर्ने हामीले हाम्रो कर्तव्य ठानेका छौं । जनतामाझ सूचना प्रवाह गर्न भक्तपुर नगरपालिकाले ख्वप सः विगत चार वर्षदेखि सञ्चालन गर्दै आएका छौं । यो कार्यक्रम भक्तपुर नगरपालिकाले भक्तपुर एफएममार्फत हप्ताको तीन दिन प्रसारण गर्दै आएका छौं । यसप्रकार जनताले नगरपालिकाले गरिरहेको कामको बारे सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित बनाउन हामीले ख्वप सः कार्यक्रम सञ्चालन गरेका छौं । नगरपालिकाले गरिरहेको काम देश विदेशका राजनीतिक, सांस्कृतिक, शैक्षिक आदि बारे भक्तपुर एफएम मार्फत ख्वप सः बाट प्रसारण भइरहेको यहांहरुमा जानकारी गराउन चाहन्छु । तथा यसप्रकारले जनतालाई सुसूचित गर्न सहयोग गर्नुहुने भक्तपुर एफएम परिवारलाई भक्तपुर नगरपालिका आभार व्यक्त गर्दछु । साथै ख्वप सः युनिटले चार वर्षमा आफ्नो अथक मेहेनत र प्रयासबाट भक्तपुरको आवाज ख्वप सःलाई सहयोग पु¥याउनुभएकोमा ख्वप सः युनिटलाई बधाई एवम् धन्यवाद दिंदै भक्तपुर नपाको नया“ नया“ शिक्षामूलक कार्यक्रमहरू प्रसारणमा निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।

Leave A Reply

Your email address will not be published.