Explore news and happenings at Bhaktapur

भक्तपुर नपाको सहकारी अनुगमन जारी

भक्तपुर । २०८२ वैशाख २५

0
भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिको आयोजनामा भनपा वडा नं. १ स्थित चुनदेवीमा बचत तथा ऋण सहकारी संस्थाको अनुगमन सम्पन्न भयो ।
अनुगमनको क्रममा कार्यक्षेत्रभन्दा बाहिरको सञ्चालक समितिमा बसेको, आ.व. २०७९।८० र ८०।८१ को लेखा परीक्षण नगरेको, नगरपालिकासँग स्वीकृति नलिई साधारणसभा गरेको, मासिक रिपोर्ट नबुझाएको, विना धितो ऋण प्रदान गरेको, कार्यक्षेत्रभन्दा बाहिरकालाई सदस्य बनाई बचत संकलन तथा ऋण लगानी गरेको पाइएको छ । साथै लामो समयदेखि सञ्चालक समितिको बैठक नबसेको, लेखा सुुपरिवेक्षण समिति सक्रिय नभएको, विभिन्न तालिम, शिक्षा शिविर, समुदायको हितमा कुनै गतिविधि नगरेको देखिएको छ ।
सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकला, श्यामसुन्दर मातां, कृष्णगोपाल चौगुठी, तारादेवी शाक्य, सिद्धिराम अवाल, सहकारी प्रमुख रेभिड कुस्माको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.