Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाले ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता’ आयोजना गर्ने

२०७९ असार ५, शुक्रबार

0

भक्तपुर नगरपालिकाले ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता’ आयोजना गर्ने भएको छ । भलिबल, कबड्डी, कराँते र एथ्लेटिक्स गरी जम्मा चार विधामा आयोजना गर्न लागिएको यस विद्यालयस्तरीय प्रतियोगिता २०७९ साल असार १५ गतेदेखि सञ्चालन हुने नगरपालिकाले जनाएको छ । सहभागिताको लागि यहि २०७९ साल असार १२ गतेभित्र दर्ता गराई सक्नु पर्नेछ । विस्तुत जानकारीको लागि विधागत रूपमा सम्पर्क व्यक्ति पनि तोकिएको छ । भलिबलको लागि बिनोदचरण राय (९८५१०३३११७), कबड्डीको लागि पशुपति प्रजापति (९८४१३३४२७४), कराँतेको लागि राजु बजिको (९८५१०५५३८७) र एथ्लेटिक्सको लागि राधेश्याम कवां (९८४१४३२२६२) तोकिएको हो । यस सँगै नगरपालिकाले यस विद्यालयस्तरीय प्रतियोगितामा नगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई सहभागी हुन समेत अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.