भनपाका उपप्रमुख रजनी जोशीको टोलीले बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र पनौती नपाका उपप्रमुख गीता बन्जारासँग भेट
२०८१ चैत्र १२
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र वडा नं। १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीलगायत टोलीले बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र पनौती नपाका उपप्रमुख गीता बन्जारासँग भेट गरी भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ देखि २५ गतेसम्म सञ्चालन हुने अन्तरनगर जिम्नाष्टिक प्रतियोगितामा सहभागिताको लागि अनुरोध गर्नुभयो । २०८१ चैत्र १२
