Explore news and happenings at Bhaktapur

विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको शैक्षिक–सत्र २०७५ को दोस्रो, तेस्रो, चौंथो र पाँचौं वर्षमा अध्ययनरत प्रवेश परीक्षामा उत्कृष्ट, गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरूले इमानदारीपूर्वक अनुशासित भई अध्ययन गर्नुपर्ने आवश्यकता औ‌ंल्याउनुभयो । कम शुल्कमा गुणस्तरीय शिक्षा दिने कलेजहरूको उद्देश्यबारे बताउँदै उहाँले कलेजहरू नियमितरुपमा सञ्चालन जनताको योगदानले भएको हो भन्नुभयो । कलेजबाट उत्पादित इन्जिनियरहरू लगनशील र मेहनती भएकाले शिक्षा सम्बन्धमा जानकारी लिनको लागि अरु नगरपालिकाहरूको टोली भक्तपुर नगरपालिकामा आइरहेको बताउनुभयो ।


उहाँले सरकारसमेत गैरसरकारी संस्थाको लोभमा परी अहिले सरकार सर्वत्र आलोच्य भइरहेको छ भन्नुभयो । “पैसा खर्च गर्नु मुख्य होइन, काम गर्न हुने नहुने छुट्टयाउनु मुख्य हो, अरुको अगाडि झुक्नु सबभन्दा लाजमर्दो कदम हो” उहाँले भन्नुभयो ।
नीति, नियम पालना नगर्ने जो कोही पनि दण्ड जरिवानाको भागीदार बन्ने विचार व्यक्त गर्दै प्रमुख प्रजापतिले सबैले इमानदारीपूर्वक आ–आफ्नो कर्तव्य पालना गर्नुपर्छ भन्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ.सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ.सुनिल दुवालले छात्रवृत्तिको महत्त्व बुझी विद्यार्थीहरू लगनशील भई अध्ययन गर्नुपर्छ भन्नुभयो ।


ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य इ.रवीन्द्र फोजू र ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले छात्रवृत्ति रकमको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रमुख प्रजापतिले ख्वप इन्जिनियरिङ कलेजका ५३ जना र ख्वप कलेज अफ इन्जिनियरिङका ३४ जना गरी जम्मा ८७ जना विद्यार्थीहरूलाई ६३ लाख १३ हजार ६७७ रुपैया“ छात्रवृति प्रदान गर्नुभएको सो कार्यक्रममा जिन्सी अधिकृत राजन जतिले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.