Explore news and happenings at Bhaktapur

आफ्नो स्वार्थ पूरा गर्न साम्राज्यवादीहरू सहयोगको लोभ देखाउँछन्

भक्तपुर, ९ चैत ।

0
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं. १ एकाइ समितिको आयोजनामा नेमकिपाको आठौ“ महाधिवेशन भव्य रूपमा सफल पार्न सहयोग गर्ने वडावासीहरूप्रति धन्यवाद ज्ञापन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पार्टी ठुलो बनाउने नाउ“मा अरूको सहयोग लियो भने त्यो पार्टी जनताको नहुनेतर्फ सजग हुनु आवश्यक छ भन्नुभयो ।
पार्टीको आठौ“ महाधिवेशन सफल पार्न कामदारवर्गका जनताले नै आर्थिक, भौतिक र अन्य सहयोग गरेकोमा उहा“ले पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “पार्टीले दिएको जिम्मेवारी पूरा गर्नु महŒवपूर्ण कुरा हो, १ वडाका पार्टी कार्यकर्ता र समर्थकहरूले उद्घाटन कार्यक्रम भव्यरूपमा सफल पार्न महŒवपूर्ण योगदान गर्नुभयो ।”
अमेरिकी सहयोगले रूसस“ग युद्ध गर्ने युक्रेनका राष्ट्रपति जेलेन्स्कीस“ग अमेरिकाले आधा प्राकृतिक स्रोत माग्दै छ । साम्राज्यवादीहरूले आफ्नो स्वार्थ पूरा नहुने भए केही पनि सहयोग गर्दैनन्, यसतर्फ कार्यकर्ताहरूले जनतालाई सचेत गराउनु आवश्यक छ, उहा“ले भन्नुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले पार्टी नीतिलाई निरन्तर अघि बढाउनु नै सम्पूर्ण कार्यकर्ताहरूको जिम्मेवारी र कर्तव्य भएकोले सबैले अनुशासन पालना गर्नु जरूरी छ भन्नुभयो ।
उहा“ले भन्नुभयो, “नेमकिपाको काम बिस्तारै देशभरि फैलि“दै गएको छ । नेमकिपाप्रति आम जनताको मूल्याड्ढन राम्रो हु“दै गएको छ ।”
आयोजक समितिका कृष्णबहादुर दुगुजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपेन्द्र सुवाल, लक्ष्मीनारायण खत्री र बिकुलक्ष्मी कोजुले पनि बोल्नुभएको थियो ।
Bo

Leave A Reply

Your email address will not be published.