Explore news and happenings at Bhaktapur

उपप्रमुख जोशी अन्तर नगर जिम्न्याष्टिक प्रतियोगिता”को प्रचार प्रसारको सिलसिलामा विभिन्न नपामा

२०८१ चैत्र ३ गते आइतबार ।

0
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको नेतृत्वमा भनपाको आयोजनामा मिति २०८१ चैत्र २३–२५ गतेसम्म हुन गइरहेको “अन्तर नगर जिम्न्याष्टिक प्रतियोगिता”को प्रचार प्रसारको सिलसिलामा शंकरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, कागेश्वरी मनोहरा नपाका उपप्रमुख शान्ता थापा, गोकर्णेश्वर नपाका उपप्रमुख सान्नानी लामा, मध्यपुर थिमी नपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलाई सम्बन्धित नगरपालिकाको कार्यालयमा गई भक्तपुर नगरपालिकाको निमन्त्रणामा हुन गइरहेको अन्तर नगर जिम्न्याष्टिक प्रतियोगिताको सहभागिताको लागि पत्र, खेलाडी दर्ता फाराम, प्रतियोगिताको प्राविधिक नियमावलीलगायत नपाका प्रकाशनहरु हस्तान्तरण गर्नुभयो ।
भनपाबाट उपप्रमुख जोशीको नेतृत्वको टोलीमा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा सदस्य ज्ञान बहादुर मानन्धरलगायत जिम्न्याष्टिक संघका पदाधिकारीहरु समेत रहेको थियो ।

Leave A Reply

Your email address will not be published.