Explore news and happenings at Bhaktapur

जगातीमा साविककै स्थानमा बस स्टप थप गर्ने सहमति

मिति २०८१ माघ २१ गते सोमबार ।

0
जगातीमा साविककै स्थानमा बस स्टप थप गर्ने सहमति
मिति २०८१ माघ २१ गते सोमबार ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको उपस्थितिमा सरोकारवालाहरुको बैठकले सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजना अन्तर्गत जगाती क्षेत्रमा साविककै स्थानमा बस स्टप थप गर्ने निर्णय गरेको छ ।
जगाती बसस्टप सम्बन्धमा बसेको बैठकले सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजना अन्तर्गत जगाती क्षेत्रमा सडकको डीपीआरमा साविकको भन्दा फरक स्थानमा बस स्टप प्रस्ताव गरिएकोमा गुनासो पछि उक्त निर्णय भएको हो । स्थानीयवासीहरुको माग बमोजिम साविकको स्थानमा बस स्टप थप गर्ने बैठकले निर्णय गरेको हो । यसका लागि भक्तपुर नगरपालिकाले पटक पटक सरोकारवालाहरुको बैठक राखी समन्वय गर्ने प्रयास गर्दै आएको थियो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंको संयोजकत्वमा गठित आदर्श चोक निर्माण सम्भाव्यता अध्ययन कार्यदलको बैठकले बस स्टप थप गर्ने सम्बन्धी निर्णय गरेको हो । बैठकमा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू, भनपाका इन्जिनियर दिलभक्त जयना, आयोजनाका सि.डि.ई. सजना अधिकारी, इन्जिनियर विवेक पाण्डे, स्थानीय सरोकारवालाहरु मणिरत्न बज्राचार्य, सिताराम खाइजु, कृष्ण भक्त कवां, राजकुमार बनमाला, श्रीजन खागी, कृष्ण लाल किसीलगायतको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.