Explore news and happenings at Bhaktapur

नियमित पाक्षिक सरसफाइअन्तर्गत सल्लाघारीस्थित १०८ रोपनी परिसरमा सरसफाई

२०८१ माघ १५ गते मंगलबार ।

0
भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाई कार्यक्रम अन्तर्गत भनपा १ स्थित १०८ रोपनी परिसरमा सरसफाई कार्यक्रम आज सम्पन्न भयो ।
कार्यक्रममा सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका कार्यबाहक प्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले सरससफाई कार्यक्रम संस्कारको रुपमा गर्दै आएको बताउनुहुँदै सरसफाईले भक्तपुर नगरलाई सुन्दर नगरकोे रुपमा परिचित गराउन सफल भएको चर्चा गर्नुभयो । उहाँेले वर्तमान समयमा वातावरण प्रदुषण गर्ने प्रमुख कारक तत्व प्लाष्टिकजन्य सामग्री रहेकोले यसलाई व्यवस्थित गर्नु सबै नगरबासीको कर्तव्य हो भन्नुभयो ।
कार्यक्रममा भनपा ४ का वडाध्यक्ष एवं वातावरण समितिका सदस्य उपेन्द्र सुवालले पञ्चायत कालदेखिनै भक्तपुर नपाले सरसफाईलाई प्राथमिकता दिंदै आएको बताउनुहुँदै विश्व तापमान वृद्धि र वातावरण प्रदुषणका कारण हिमालमा हिउँ देखा नपरेको समेत जानकारी गराउनुभयो ।
त्यसैगरी भनपा ६ का वडाध्यक्ष हरिराम सुवालले स्थानीय निर्वाचन, २०७९ को नेपाल मजदुर किसापन पार्टीको घोषणापत्रमा विश्वविद्यालय स्थापना गर्न पहल गर्ने उल्लेख गरे अनुसार १०८ रोपनी परिसरमा विश्वविद्यालय संचालनको लागि भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टसँग अनुरोध गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवं भनपा १ का कार्यवाहक वडाध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भक्तपुर नगरलाई स्वच्छ, सुन्दर ऐतिहासिक पर्यटकीय नगरको रुपमा विकास गर्न २०७४ सालदेखि नै प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरुको पाक्षिक सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरीहरु, विद्यालयका विद्यार्थीहरु र स्थानीय जनताको उत्साहजनक सहभागितामा रहेको थियो । संस्थागत सहभागिता अन्तर्गत सन्तति आधारभूत विद्यालय, उदय आधारभूत विद्यालय, ज्ञानविजय आधारिभूत विद्यालय, अक्फोर्ड प्राक्टिकल स्कूल, मोर्डन कलेज/स्कूल, सूर्यविनायक ईङ्गलिश स्कूल, सल्लाघारी तेक्वाण्डो डोजाङ्ग, नपनी सिर्जना सेवा समाज परिवार, चोङ्गा गणेश सल्लाघारी महिला दिदीबहिनी समूह, चोङ्गा गणेश विकास संस्था, मुपुज्व सल्लाघारी टोल सुधा समिति, सल्लाघारी छिकोङ्ग समूह, नपनी छिकोङ समूह रहेका थिए ।

Leave A Reply

Your email address will not be published.