Explore news and happenings at Bhaktapur

भक्तपुर महोत्सव : भक्तपुरका मूर्त अमूर्त सम्पदा प्रदर्शन गर्ने माध्यम

भक्तपुर । २०८१ पुस २५

0
भक्तपुर नगरपालिका वडा नं. ८ को आयोजनामा भक्तपुर महोत्सव २०८१ को समीक्षा तथा महोत्सव सफल पार्न सहयोग गर्नेहरुलाई धन्यवादज्ञापन कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै उहाँले महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवादज्ञापन गर्दै महोत्सवले धेरै कुराहरु सिक्ने अवसर पनि प्रदान गरेको बताउनुभयो ।
उहाँले भक्तपुरका मूर्त अमूर्त सम्पदा प्रदर्शन गर्ने माध्यम महोत्सवले दिएको बताउँदै महोत्सवमा जनताको सक्रिय सहभागिताले नपालाई धेरै उत्साह मिलेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरले शिक्षा, स्वास्थ्य तथा विकास निर्माणमा गरेका कामहरु देशकै लागि अनुकरणीय भएको बताउँदै जनताको एकताले जस्तोसुकै काम सम्भव छ भन्ने उदाहरण भक्तपुरले प्रदर्शन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले महोत्सव अवधिभर भक्तपुरबासी जनताको साथ र सहयोग उत्साहप्रद भएको बताउँदै महोत्सवका कमी कमजोरीबाट सिक्दै अगाडि बढ्ने हौसाल मिलेको बताउनुभयो ।
भक्तपुर महोत्सव २०८१ सचिवालय संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर महोत्सव सफल पार्न भक्तपुरबासी जनताको महत्वपूर्ण देन भएको बताउँदै महोत्सवमा १० हजारभन्दा बढी नगरबासीहरुको परिचालन भएको र ७ देखि ८ लाख पर्यटकहरुले महोत्सव अवलोकन गरेको तथ्यांक प्रस्तुत गर्नुभ्यो ।
कार्यक्रममा भनपा ८ का पार्टी इन्चार्ज लक्ष्मीनारायण दुवाल, पूर्व वडाध्यक्ष महेन्द्र खायमली, ख्वप इ. कलेजका प्राचार्य सुजन माक, वडा सदस्य सुमित्रा बोहजु र रामसुन्दर बासीले पनि बोल्नुभएको थियो
कार्यक्रममा प्रमुख प्रजापतिले महोत्सवमा सहभागीहरुलाई धन्यवादपत्र प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.