Explore news and happenings at Bhaktapur

स्थानीय निर्माणले राष्ट्रिय स्तरको सेवा गर्ने सोचले भक्तपुर नपाले काम गर्दै आएको

भक्तपुर । २०८१ पुस २०

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा विकासको प्रमुख आधार भएको हुँदा शिक्षामा अगाडि बढेको देश विकासमा पनि अगाडि बढेको हुन्छ भन्नुभयो ।
श्री महेन्द्र विद्याश्रमको ४० औं स्थापना दिवसको अवसरमा आयोजित महेन्द्र विद्याश्रमको विद्यालय दिवस कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै काम गर्दै आइरहेको बताउँदै भक्तपुरको शिक्षा विकासमा महेन्द्र विद्याश्रमको पनि महत्वपूर्ण योगदान रहँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले कुनै पनि नागरिक आर्थिक कारण उच्च शिक्षा ग्रहण गर्नबाट बञ्चित नहोस् भन्ने हेतुले शैक्षिण ऋण प्रदान गर्दै आएको बताउँदै हालसम्म ७८१ जना विद्यार्थीहरुले शैक्षिक ऋणबाट अध्ययन गरिसकेको बताउनुभयो ।
भक्तपुर नपाले विभिन्न विषयका ७ वटा कलेजहरु सञ्चालन गरी सस्तो र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने काम पनि भक्तपुर नपाले गर्दै आएको बताउँदै स्थानीय निर्माणले राष्ट्रिय स्तरको सेवा गर्ने सोचले भक्तपुर नपाले काम गर्दै आएको बताउनुभयो ।
युवा विद्यार्थीहरु विदेशिने क्रम बढ्दै जानु देशको लागि चिन्ताको विषय भएको बताउँदै उहाँले यहीअनुपातमा विद्यार्थीहरु विदेशिने हो भने विद्यार्थी अभावमा नेपालका धेरै कलेजहरु बन्दै हुँदै जाने बताउनुभयो ।
सरकारले विद्यार्थीहरुको हितमा नीति निर्माणमा ध्यान दिनुपर्ने बताउँदै भक्तपुर नपाले शिक्षालाई उत्पादन श्रमसँग जोड्नुपर्नेमा जोड दिँदै आएको बताउनुभयो ।
विद्यालयका प्रअ अनिल श्रेष्ठले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो उक्त कार्यक्रममा विद्यालयका संस्थापक महेन्द्रप्रसाद मास्के, भनपा ३ का कार्यबाहक वडाध्यक्ष कृष्णगोपाल चौगुठीलगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले विद्यार्थी र शिक्षकहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.