Explore news and happenings at Bhaktapur

वातावरण संरक्षण र फोहोर मैला व्यवस्थापन संघ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासले मात्रै सम्भव हुने – प्रमुख प्रजापति

भक्तपुर । २०८१ पुस ४, बिहीबार

0
फोहरमैला व्यवस्थापन कुनै एउटा पालिका वा काठमाडौँ उपत्यकाको मात्रै समस्या नभइ देशभरकै पालिकाहरूको साझा समस्या भएको बताउँदै उहाँले साझा समस्याको समाधान संघ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासले मात्रै सम्भव हुने बताउनुभयो ।
उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले आ.व. २०८१।८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ‘वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी स्थानीय तहको असल अभ्यासको अवालकेन गर्ने सिलसिलामा भक्तपुर नगरपालिकाको वातावरण संरक्षण र सम्बद्र्धनसँग सम्बन्धित कार्यहरुबारे जानकारी लिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
भक्तपुर नपाको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै उहाँले फोहर व्यवस्थापनबारे विभिन्न देशहरूको अनुभवबाट पनि भक्तपुरले सिक्दै त्यहा“को अध्ययन गरेर यहाँको अनुकुलतामा अनुभव लागु गर्न खोजिरहेको बताउनुभयो ।
उहाँले फोहरलाई आम्दानीको राम्रो स्रोत बनाउन सकिने भन्दै भक्तपुर नगरपालिकाले कुहिने फोहरको कम्पोष्ट मल बनाएर किसानहरुलाई बिक्री वितरण समेत गर्दै आएको जानकारी गराउनुभयो ।
फेहारलाई स्रोतबाटै कम गर्ने उद्देश्यले भक्तपुर नपाले प्रत्येक घरमा दुई वटा फरक फरक रङको बाल्टिन वितरण गर्दै कुहिने र नकुहिने अलग अलग फोहर संकलन गर्दै आइरहेको बताउँदै प्रमुख प्रजापतिले इँटाभट्टा, खोला सरसफाइ र औद्योगिक क्षेत्रहरु हुने प्रदूषण वातावरण संरक्षणका चुनौतिको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा श्यानिटेशन शाखाका प्रमुख दिलिपकुमार सुवालले भक्तपुर नपाले गर्दै आएको फोहोर व्यवस्थापनसम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।
वातावरण विभागका सबिन देशारले वातारण संरक्षण र फोहोरमैला व्यवस्थापनसम्बन्धी असल अभ्यासको स्थलगत निरीक्षणको लागि वन तथा वातावरण मन्त्रालयले भक्तपुर नगरपालिका र धुलिखेल नगरपालिका छनोट गरेको अवगत गराउनुभयो ।

Leave A Reply

Your email address will not be published.