Explore news and happenings at Bhaktapur

साहित्यलाई पनि आलोचनात्मक ढ·ले हेर्नु जरुरी

भक्तपुर, २२ असोज ।

0
ख्वप मा.वि., शारदा क्याम्पस मा.वि., ख्वप कलेज र ख्वप कलेज अफ ल को संयुक्त आयोजनामा शुभकामना कार्यक्रम म·लबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले पुरातत्वको स्रोत विज्ञानसम्मत हुनुपर्ने र प्रमाणविनाका पुरातŒवसम्बन्धी इतिहास मिथ्यामात्र हुने धारणा राख्दै महाभारत र रामायणमा उल्लेखित घटना इतिहास नभई एउटा उत्कृष्ट साहित्यमात्र भएको बताउनुभयो ।
पुराना साहित्यहरूमा खलनायकको भूमिकामा कुरूप वा नराम्रो शारीरिक संरचना भएका व्यक्तिलाई बनाइन्छ भन्ने अहिलेको साहित्यमा खलनायकको भूमिकामा पढेलेखेका, सुकिला र बौद्धिक जस्तो देखिने व्यक्तिहरू हुने गरेको यथार्थबारे उहाँले बताउनुभयो ।
साहित्यलाई पनि आलोचनात्मक ढङ्गबाट हेनुपर्ने आवश्यकता औ‌ल्याउँदै अध्यक्ष बिजुक्छेँले ‘कोर्स बुक’मा मात्र सीमित रहेको भए आजको प्रगति संसारले देख्न नपाउने स्पष्ट पार्दै विद्यार्थीलाई कोर्स बुकका अतिरिक्त अन्य विषयवस्तुबारे आलोचनात्मक ढ·ले अध्ययन गराउनुपर्ने आवश्यकता औ‌ल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पुरानो कुरालाई नयाँ ढङ्गले व्याख्या गर्ने क्षमता नयाँ पुस्तामा विकास गराउनुपर्छ । स्वर्ग र नरक भन्ने कुरा मिथ्यामात्र हो ।”
समाजमा बसेपछि समाजको निम्ति योगदान गर्न सक्नुपर्ने धारणा राख्दै उहा“ले कोरियाली जनताका महान् नेता किम इल सङको ‘मेरा जनता मेरा इश्वर हुन्, म जनतालाई पूजा गर्छु’ भन्ने भनाइको स्मरण गर्नुभयो ।
“वैज्ञानिक आविष्कारले जसरी संसारका मानव समुदायलाई सहज बनाउ“छ† त्यसरी नै हामीले पनि विश्वलाई योगदान पु¥याउन सक्ने काम गर्नु जरुरी छ । हामीले मगन्ते स्वभाव त्याग्नैपर्छ । स्वार्थरहित वैदेशिक सहयोग नहुनेतर्फ हामी सचेत हुनैपर्छ”, उहा“ले भन्नुभयो ।
सरकार चलाउने तथा निजामती सेवामा रहेका उच्च तहका कर्मचारीहरूले देश र जनताप्रति निःस्वार्थ भावले सेवा नगरेकै कारण नेपालको विकास नभएको हो, अध्यक्ष बिजुक्छे“ले स्पष्ट पार्नुभयो ।
नेमकिपाले कहिल्यै पनि विरोधको लागि विरोध गर्ने नगरेको स्पष्ट पार्दै उहा“ले नेमकिपाले गर्ने हरेक विरोध तर्कपूर्ण र आलोचनात्मक रहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “अरूको पछि लाग्ने होइन, देश र जनताको निम्ति लड्ने विद्यार्थी तयारी गर्नु अहिलेको आवश्यकता हो । हामीमा आत्मसमीक्षा गर्ने बानी हुनैपर्छ । हिजोको कुरा कति ठीक छ, कति बेठीक भन्ने चिन्तन गर्ने आचरणको विकास गर्नु जरूरी छ । अध्ययनलाई निरन्तरता दिऔ“, सिक्ने कुरालाई उमेरको हदबन्दी नलगाऔ“ ।”
भक्तपुर नगरपालिका प्रमुख एवं विद्यालय÷कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले अहिलेको विपद् निम्तिनुमा प्रमुख जिम्मेवार सरकारमा रहेका पार्टीहरू नै दोषी छन् भन्नुभयो ।
“डोजर चालक नै इन्जिनियर भई बाटो खन्दा, कमजोर संरचना तथा प्राविधिक त्रुटी एवं जथाभावी क्रसर उद्योग सञ्चालन गर्न दि“दाको परिणाम नै विपत्ति निम्तिएको हो, यस अर्थमा सरकार जिम्मेवार छ”, उहा“ले स्पष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले संसारमा सबभन्दा बढी अध्ययन गर्ने नागरिक रसियाली भएको उल्लेख गर्दै भन्नुभयो, “शिक्षामा अगाडि बढेको देश नै विश्वमा अगाडि बढेको छ । यसलाई मनन गरी भनपाले शिक्षालाई जोड दि“दै कलेज तथा विद्यालयहरू सञ्चालन गरिरहेको हो ।”
चीनको आश्चर्यजनक विकास हुनुमा शिक्षाको महŒवपूर्ण योगदान भएको स्पष्ट पार्दै प्रमुख प्रजापतिले सन् २०२० मा चीन गरिबीमुक्त देश घोषणा भएको जानकारी दिनुभयो ।
“भनपाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको रोजाइअनुसार नया“ नया“ कार्यक्रम सञ्चालनको लागि ताकेता गरिरह“दा पनि पढाउन नपाउनु दुःखको कुरा हो । आफ्नो चाहनाअनुसारको विषय पढ्न नपाएपछि युवाहरू विदेश जानु स्वाभाविक हो । यसमा सरकारमा जाने पार्टीहरू दोषी छन्”, प्रमुख प्रजापतिले भन्नुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन गर्न भनपा निरन्तर लागिपरेको चर्चा गर्दै उहा“ले ख्वप विश्वविद्यालय सञ्चालनमा नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने र सम्पूर्ण आर्थिक भार भक्तपुर नगरपालिकाले व्यहोर्ने स्पष्ट पार्नुभयो ।
समाज बदल्ने भनेर लागेका एमाले र माओवादी पार्टीहरू पु“जीवादी दलदलमा फसेको हु“दा ती पार्टीहरूबाट कामदार जनताको हित हुनेछैन, उहा“ले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं विद्यालय÷कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले औपचारिक शिक्षा र पाठ्यक्रममा मात्र सीमित नरही विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे ज्ञान दिनु आवश्यक भएको बताउनुभयो ।
उहा“ले भन्नुभयो, “शिक्षाको माध्यमबाट भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन नगरपालिका लागिपरेको छ । नया“ पुस्तालाई इतिहास, भूगोल, देशप्रेमका विषयहरूबाट सुसूचित गर्न सकेमात्र देशको सिमाना र सार्वभौमिकता जोगिने छ ।”
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले इजरायलले प्यालेस्टिनमाथि गरेको नरसंहारबारे जानकारी दि“दै मध्यपूर्वमा भत्किएको युद्ध र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिको निम्ति बेलायत जिम्मेवार रहेको बताउनुभयो ।
ख्वप मा.वि. का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा ख्वप कलेजका इन्चार्ज कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.