Explore news and happenings at Bhaktapur

भक्तपुर नगर र शान—नान नगर सांस्कृतिक सम्पदाको दृष्टिमा मिल्दोजुल्दो सहर

सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका

0
जनगणतन्त्र चीनको सीचाङ (तिब्बत) स्वशासित क्षेत्र, शान—नान शहरका कार्यकारी उपप्रमुख मु योड्डवनज्यूलगायत प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यज्यूहरुलाई भक्तपुर नगरपालिका र यहाँका सम्पूर्ण नगरबासीको तर्फबाट हार्दिक स्वागत गर्दछौं ।
आजभन्दा ८ वर्षअघि २०७३ साउन ३० गते भक्तपुर नगरपालिका र चीनको शान—नान नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको थियो । दुई पालिकाबीच सांस्कृतिक, आर्थिक, शैक्षिक, पर्यटनलगायत विषयमा सहयोग आदानप्रदान गर्ने सहमतिको उद्देश्य थियो । सहमति पछि दुई नगरपालिकाबीच भ्रमणको आदानप्रदान पनि हुँदै आएको छ । शान—नानका उपप्रमुखज्यूको नेतृत्वमा आएको यो भ्रमण टोली पनि त्यसैको सिलसिला हो ।
भक्तपुर नगर र शान—नान नगर सांस्कृतिक सम्पदाको दृष्टिमा मिल्दोजुल्दो छ । यी दवै नगर पर्यटकीय नगरहरु हुन् । नेपाल भ्रमणमा आउने पर्यटकहरुमध्ये करिब २५ प्रतिशत विदेशी पर्यटकहरुले भक्तपुर भ्रमण गर्ने गर्छन् । नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरुको संख्या पनि क्रमशः बढ्दै छ । गत आ.व. २०८०।८१ मा २ लाख ४५ हजारभन्दा विदेशी पर्यटकहरुले भक्तपुरको भ्रमण गरेकोमा ४० हजार ४ सय चिनियाँ पर्यटकहरुले भक्तपुर भ्रमण गरेको तथ्यांक छ । त्यसलाई ध्यान दिएर भक्तपÒर नगरपालिकाले यहाँका यÒवाहरुलाई लक्षित गरी चिनियाँ भाषाको नियमित प्रशिक्षण पनि दिइरहेको छ ।
भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरुसित केही पर्यटन शुल्क उठाउने गरेका छौं । सार्क देश र चिनियाँ नागरिकलाई रु. ५००।— र अन्य गैरसार्क देशका नागरिकका लागि १५ डलर वा १८०० नेपाली रुपैयाँ लिने गरेका छौं । नगरपालिकाको आयस्रोतमध्ये पर्यटन पनि एउटा प्रमुख स्रोत रहेको छ । पर्यटनबाट उठेको रकमबाट यहाँका कला संस्कृति संरक्षण, सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार तथा शिक्षा, स्वास्थ्य उपचार, सरसफाइ र विकास निर्माणमा खर्च गर्दै आएका छौं ।
भक्तपुर नगरपालिका देशका ७५३ पालिकामध्ये एक हो । क्षेत्रफलको आधारमा देशका साना नगरमध्ये एक भक्तपुर नगरपालिका ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको दृष्टिले यो नगर देशकै सबैभन्दा महŒवपूर्ण नगर पनि हो । यहाँ प्राचीन सम्पदाहरु जीवन्त देख्न सकिन्छ । यहाँका मूर्त र अमूर्त सम्पदाहरुको आधारमा कतिपय विद्धानहरुले भक्तपुर नगरलाई सांस्कृतिक नगर, कला संस्कृति संरक्षित नगर र जीवित संग्रहालयको उपमा पनि दिनुभएको छ ।
नेपालमा संघीय लोकतान्त्रिक व्यवस्था स्थापना भएपछि भएको दुई पटकको स्थानीय निर्वाचनहरुमा दुवै पटक यस नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका शत प्रतिशत उम्मेद्वारहरुले जित हासिल गरेको थियो । हामी दोस्रो कार्यकालको लागि निर्वाचित भएर नगरबासीहरुको सेवामा कार्यरत छौं ।
नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवादमा विश्वास गर्ने कम्युनिष्ट पार्टी हो । नेपाल मजदÒर किसान पार्टीको नेतृत्व नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गरिरहनुभएको छ । माक्र्सवाद, लेनिनवाद र माओ त्से तुङ विचारधारलाई नेपाल मजदुर किसान पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्तको रुपमा मान्दै आएको छ ।
नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरु संसद, प्रदेश र स्थानीय तहहरुमा निर्वाचित भएर जनताको सेवा गरिरहेका छन् । हामी स्थानीय जनतासँग नजिक बसेर जनताको इच्छा आकांक्षा पूरा गर्न निरन्तर लागिरहेका छौं ।
राजनैतिक विभाजनअनुसार भक्तपुर १० वटा वडामा विभाजित छ । प्रत्येक वडामा १ जना वडाध्यक्षसहित ५ जनाको वडा समिति हुने गर्दछ । त्यसमध्ये १ जना दलितको निम्ति आरक्षणको व्यवस्था गरिएको छ । सबै वडाहरुमा दलित समुदायको प्रतिनिधित्व नभएको कारण अहिले ४५ जनाको नगरसभा छ । नगरसभाले नगरपालिकाको लागि आवश्यक कानुनहरु निर्माण गर्छ । यसरी कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेतको अधिकार स्थानीय सरकारले प्रयोग गर्छ । भक्तपुर नगरपालिकाले तिनै अधिकारको प्रयोग गरी जनताका हितमा काम गरिरहेको छ।
भक्तपुर प्राचीन नगर हो । यहाँ काष्ठकला, वास्तुकला, धातुकला र प्रष्टरकलाका अनुपम उदाहरणहरु देख्न सकिन्छ । लिच्छविकालीन र मल्लकालीन ती सम्पदाहरुलाई हामीले जस्ताको तस्तै संरक्षण गर्ने प्रयास गर्दैछौं । २०७२ सालको भूकम्पले हाम्रा धेरै सम्पदाहरु क्षतिग्रस्त भयो । स्थानीय जनताको साथ र सहयोगमा हामीले यो बितेको ७।८ वर्षमा १५० वटा भन्दा बढी सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार ग¥यौं । ती सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धारमा कुनै पनि विदेशीको सहयोग छैन । आत्मनिर्भरतालाई नै हामीले जोड दिइरहेका छौं ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले आजभन्दा २० वर्ष अघि ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक लेखेर भक्तपुरको भविष्यको रुपरेखा कोर्नुभएको थियो । हामी यसको आधारमा भक्तपुरलाई एक सुन्दर, सफा र सम्पदा संरक्षित नगरको रुपमा विकास गर्न खोज्दैछौं ।
२०७२ को गोरखा भूकम्प र २०८० मा भएको जाजरकोट भूकम्पको बेला पनि चिनियाँ सरकारद्वारा नेपाली जनताको उद्धारको लागि राहत सामाग्री सहयोगस्वरुप प्रदान गरेको थियो । त्यसको लागि भक्तपुरका जनताको तर्फबाट चिनियाँ कम्यÒनिष्ट पार्टी र त्याहाँको सरकारलाई धेरै धन्यवाद दिन चाहन्छौं ।
त्यसैगरी सन् २०१९ बाट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संकटको बेला चिनियाँ सरकारले कोरोना भाइरस विरुद्ध खोप उत्पादन गरी चिनियाँ नागरिकको साथै विश्वका नागरिकहरुको जीवन रक्षाको लागि महŒवपूर्ण योगदान गर्यो । त्यसको लागि पनि आभार प्रकट गर्दर्छौं ।
त्यस्तो संकटको बेला शान—नान नगरले भक्तपुरलाई आइसियु बेड, अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिण्डर, भेन्टिलेटर, अपरेसन टेबललगायत थÒप्रै स्वास्थ्य उपकरणहरु सहयोग गर्नुभयो । त्यसको लागि शान—नानका मेयरज्यू, उपमेयरज्यूलगायत त्यहाँका तमाम जनप्रतिनिधि र जनतालाई भक्तपुर नगरपालिकाको तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्दछौं । संकटमा साथ दिनेहरु मात्रै असल मित्र हुन्छ भन्ने हामीले बुझेका छौं । शान—नान नगरपालिकाले गरेको त्यो गुणलाई हामीले कहिल्यै बिर्सनेछैनौं । शान—नानबाट प्राप्त स्वास्थ्य उपकरणहरु अहिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा प्रयोग भइरहेको छ ।
नेपालका धेरै विद्याथीैहरु चीनमा अध्ययन गर्न गइरहेका छन् । नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिएर उच्च शिक्षा पढ्ने अवसर दिएकोमा पनि भक्तपÒरका जनताको तर्फबाट चीन सरकार र त्याहाँका जनताप्रति आभार प्रकट गर्दछौं ।
चिनियाँ कम्यÒनिष्ट पार्टीको तर्फबाट नेपाल मजदÒर किसान पार्टीलाई स्वास्थ्य सामग्रीहरु प्राप्त भएको थियो । ती सामग्रीहरु पार्टी सचिव प्रेम सÒवाल स्वयं देशका विभिन्न अस्पतालहरुमा पÒगेर हस्तान्तरण गर्नÒ भएको पनि यो अवसरमा जानकारी दिन चाहन्छौं ।
शिशुस्याहार केन्द्र, विद्यालयहरु र कलेजहरु सञ्चालन गरी शिक्षा क्षेत्रमा पनि भक्तपुर नगरपालिकाले काम गरिरहेको छ भने ख्वप विश्वविद्यालय स्थापनाको लागि पनि तयारी गरिरहेको छ ।
वडा वडामा स्वास्थ्य केन्द्रहरु र १०० बेडको अस्पताल सञ्चालन गरी जनताको लागि स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएका छौं । खेलकुद, कृषि, घरेलु उद्योगहरुलाई पनि प्रोत्साहन गरिरहेका छौं ।
चिनियाँ कम्यÒनिष्ट पार्टीका नेताहरु, सरकारका उच्च पदस्थ पदाधिकारीहरु, विश्व विद्यालयका प्राध्यापकहरुको बरोबर भक्तपÒरमा हÒने भ्रमणले हाम्रो हाम्रो मित्रता थप बलियो ह’ँदै गइरहेको छ । दुई नगरपालिकाबीचको सम्बन्ध थप सुदृढ बनाउन यस भ्रमणले सहयोग गर्ने अपेक्षा गर्दछौं ।
२०८१ साउन ७ गते, सोमबार

Leave A Reply

Your email address will not be published.