Explore news and happenings at Bhaktapur

मुहानपोखरी क्षेत्रमा सरसफाई

खरिपाटी, मिति २०८१ श्रावण १ गते मंगलबार ।

0
भक्तपुर नगरपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय,भक्तपुर चाँगुनारायण नपा र केयूकेएलको सहकार्यमा आज चाँगुनारायण नपा वडा नं. ६ र ७ को सीमानामा पर्ने मुहानपोखरी क्षेत्रमा सरसफाइ गरेको छ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि र स्थानीय जनताको उत्साहजनक सहभागितामा उक्त क्षेत्रको सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका वातावरण समितिका संयोजक एवम् वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले २०७४ सालको निर्वाचनपश्चात भक्तपुर नपामा जनप्रतिनिधि बहाली भएसँग प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरुको पाक्षिक सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको अवगत गराउनुभयो । उहाँले भक्तपुर नगरक्षेत्रका वासिन्दाहरुले धेरै वर्ष अगाडिदेखि खानेपानीको मुख्य श्रोतको रुपमा प्रयोग गर्दै आइरहेको मुहानपोखरी क्षेत्रलाई सफा र स्वच्छ बनाउने दायित्व सबै भक्तपुरबासी र चाँगुनारायण नगरपालिकाका जनताहरुको साझा कर्तव्य हो भन्नुहुँदै भक्तपुर नपाको सफाइ अभियानमा जिल्ला प्रशासन, केयूकेएल र चाँगुनारायण नगरपालिकाको साथ र सहभागिताको लागि धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नपामा वितरण भइरहेको खानेपानीको गुणस्तर परीक्षण भइरहेको बताउनुहुँदै खानेपानी स्वच्छ भए मात्र हामी निरोगी हुने बताउँदै खानेपानीको श्रोतलाई जोगाउन मुहानपोखरी क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी यसको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउनुुभयो ।
त्यस्तै चाँगुनारायण नपा वडा नं. ७ का वडाध्यक्ष श्याकृष्ण नायजुले सरसफाइ अभियान कुनै व्यक्ति विशेष कार्य नभई समाज र समुदायकै हितमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै मुहानपोखरी संरक्षणमा दुबै नपाको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नपा वडा नं. ६ का वडाध्यक्ष धनबहादुर तामाङले चाँगुनारायण नपामा आन्तरिक पर्यटन वृद्धिले सकारात्मक र नकारात्मक प्रभाव परिरहेको चर्चा गर्नुहुँदै मुहानपोखरी क्षेत्रमा पर्यटनको आगमनले प्रदुषणमा पनि वृद्धि भई खानेपानीको श्रोत समेत प्रभावित भएको हुँदा पटक–पटक चाँगु नपा, वडा, टिम क्लबबाट सरसफाई भइरहेको बताउनुहुँदै भक्तपुर नपाले मुहानपोखरी क्षेत्रमा गरेको सरसफाइ कार्य स¥हानीय रहेको र यसलाई निरन्तरता दिंदै विशेष गरी शनिबारको दिनमा आउने आन्तरिक पर्यटकहरुलाई मुहानपोखरी क्षेत्र सरसफाइबारे जनचेतनामूलक कार्यक्रम गर्न सके प्रभावकारी हुने जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा भनपाका पदाधिकारी, कर्मचारी, चाँगुनारायण नपाका जनप्रतिनिधि लगायत स्थानीय बासिन्दाहरु गरी करिब १५० भन्दा बढीको सहभागिगता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.