Explore news and happenings at Bhaktapur

नेपो, सिटिएल र जेज औषधि कारखानाहरुमा अनुगमन

भक्तपुर, २६ असार ।

0
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा खटिएको अनुगमन टोलीले भक्तपुर नगरक्षेत्रका विभिन्न औषधि कारखानाहरु र नेपो टेक्सटाइलको अनुगमन गर्यो ।
अनुगमनको क्रममा टोलीले नेपो टेक्सटाईल इण्डष्ट्रिज प्रा.लि. लाई साइनबोर्ड राख्न, सरसफाई व्यवस्थित गर्न, केमिकलबाट हुने क्षति नोक्सानी नहुने गरी व्यवस्थित गर्न, कर्मचारीलाई विपद् व्यवस्थापन तालिम दिन, केमिकल युक्त पानी प्रशोधन गरी मात्र खोलामा नमिसाई प्रशोधन गरेर मात्र पठाउने व्यवस्था गर्न निर्देशन दियो ।
त्यसैगरी सिटिएल फर्मासेटिकुल्स प्रा.लि. र जे.जे. ल्यावरोटरीज् प्रा.लि.ले म्याद नाघेको औषधिहरु तथा कारखानाको केमिकल भएको फोहर पानी प्रशोधन गर्ने, प्रदुषण नियन्त्रण प्रणालीको ईपिटि फोहर उपचार प्रणाली केन्द्र संचालनको लगबुक र ल्याब रिपोर्ट भएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताउनु भयो ।
अनुगमन टोलीमा अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशन शाखाका प्रमुख दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्र.स.नि. कमल कुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका राजेश त्वानाबासु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला र ख्वप अस्पतालका मनिष ज्याख्व लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.