Explore news and happenings at Bhaktapur

वागीश्वरीमा बधाई तथा मार्गनिर्देशन सम्पन्न

भक्तपुर, १८ असार

0
भक्तपुर नगरपालिकाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले समाजसेवामा समर्पित भावना भएको व्यक्ति हरेक विषयमा सफल हुने बताउनुभएको छ । उहाँले वागीश्वरी माध्यमिक विद्यालयले आयोजना गरेको एसईई २०८० मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथामार्ग निर्देशन कार्यक्रममा उक्त भनाइ व्यक्त गर्नुभएको हो । उहाँले देशका लागि बुद्धिजीवीकरण गर्ने कार्यमा भक्तपुर नगरपालिकाबाट देशमै उच्च शिक्षा अध्ययन गर्नेका लागि ऋण तथा छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको गन्तव्य भक्तपुरका रूपमा लिई प्लस टु पछि पनि जुनसुकै विषय भक्तपुरमै पढ्न पाउने स्पष्ट पार्नुभयो । एसईई उत्तीर्ण २४४ मध्ये ३.९६ जीपीए आउने सर्वोत्कृष्ट चार विद्यार्थीलाई मायाको चिनो वितरण गर्दै उहाँले विद्यार्थीको सफलतामा साथदिने शिक्षक, अभिभावक, विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
एसईई उत्तीर्ण अन्यब्ंका ७५, ब् का ७७, द्यंका ७०,द्यका १८ विद्यार्थीहरूलाई मायाको चिनो वितरण गर्दै वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष एवम् भनपा ९ वडा अध्यक्ष रवीन्द्र ज्याख्वले प्ले ग्रुपदेखि स्नातकोत्तर तहसम्म वागीश्वरीमै पढ्न पाउने व्यवस्था भएकाले पढाइका लागि अन्त जान्नै नपर्ने जिकिर गर्नुभयो । उहाँले केही गर्नुछ भने व्यवहार, आचरणमा सुधार गर्नुपर्ने बताउँदै प्रविधि, सिप जुनसुकै ठाउँमा सिके पनि त्यसको प्रयोग आफ्नो माटोको लागि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एसईईपछि जुनसुकै ठाउँमा जाँदापनि कसैको छत्रछायामा नबसी आत्मनिर्भर भई अघि बढ्नुपर्ने बताउनुभयो ।
वागीश्वरी कलेज अफ म्यानाज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले बढी मेहनत गरे जीवनको लक्ष्य भेटाउन र विभिन्न विषयमा विज्ञ बन्न यो कार्यक्रमको आयोजना भएको बताउनुभएको छ । उहाँले विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै धेरै पटकको ठक्करबाट सफलता हासिल गर्न सकेको बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अल्मलिरहेका विद्यार्थीलाई बाटो देखाउने काममा शिक्षकले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले विद्यार्थीको उज्ज्वल भविष्यका लागि वागीश्वरीले निरन्तर साथ सहयोग दिइरहने बताउनुभयो ।
प्लस टु संयोजक ज्ञानसागर प्रजापतिले अरू कसैले भनेकै भरमाविद्यालय नछानी विद्यालयको दिगोपनाका आधारमा छान्नुपर्ने बताउनुभयो । उहाँले देशभरका २७ हजार विद्यालयमा सर्वोत्कृष्ट दशौं स्थानमा पर्न सफल भएकोले विद्यार्थीको गन्तव्य वागीश्वरी नै हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मानविकी विज्ञानको जननी भएको बताउँदै सबै विषय उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । कुशल व्यवस्थापनका कारण वागीश्वरी नमुना विद्यालय बन्न सफल भएको बताउँदै उहाँले हरेक प्रतिभावान् विद्यार्थीका लागि पैसाकै कारण बाधा अड्चन नहुने बताउनुभयो । उहाँले वागीश्वरीमा वार्षिक १ करोडभन्दा बढीसम्मको छात्रवृत्ति प्रदान गरिआएको बताउनुभयो ।
निमित्त प्रधानाध्यापक कृष्णप्रसाद कमाचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राविधिक टेक्स कार्यक्रमका संयोजक दिनेश प्रधान, व्यवस्थापन शिक्षक नवीन प्रजापति, मानविकी शिक्षक भानुभक्त हुमागाइँ र पूर्वविद्यार्थी एवम् एमबीबीएसमा छात्रवृत्ति पाउन सफल झलक खत्रीले विद्यार्थीहरूलाई मार्गनिर्देश गरेका थिए । कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरूका तर्फबाट विमलकुमार थापा र आस्था गुमाञ्जुले वागीश्वरी स्कुलमा आफूले अध्ययन गर्दाको मीठो अनुभव सुनाउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.