भक्तपुर नपा २ का गरिब, असहाय तथा विपन्न नागरिकहरुलाई निःशुल्क इन्डक्सन चुल्हो वितरण
भक्तपुर । २०८१ असार १४, शुक्रबार
भक्तपुर नगरपालिका वडा नं. २ का स्थानीय गरिब, असहाय तथा विपन्न नागरिकहरुलाई निःशुल्क विद्युतीय चुल्हो (इन्डक्सन) वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो । सोही क्रममा भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले त्यसै वडाका ६० जना स्थानीयहरुलाई इन्डक्सन चुल्हो वितरण गर्नुभएको थियो ।
कार्यक्रममा भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले आ.व. २०८०।८१ वडाका विकास निर्माण कार्यहरुबारे जानकारी दिँदै भक्तपुर नगरपालिकाले जनतालाई सहज रुपमा सेवा सुविधाहरु दिइरहेको बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरु जनताको सेवा गर्न सक्रिय भइ लागिरहेको बताउँदै भक्तपुरका विकास निर्माण एवम् समपदा पुनःनिर्माणमा स्थानीय जनताको सहभागितामा उपभोक्ता समितिमार्फत काम गर्दा स्थानीयहको विश्वास, जनसहभागिता र अपनत्व रहने बताउनुभयो ।
कृषकहरुलाई भक्तपुर नपाबाट उत्पादित मल, आवश्यकताअनुसार वीऊविजनहरु वितरण गर्दै आइरहेको पनि उहाँले बताउनुभयो ।
वडा सदस्य मनजुमैंला लाखाजुले वडामा घरदैलो नर्सिङ सेवाअन्तर्गत स्वास्थ्य क्षेत्रमा पु¥याइरहेको योगदान र गतिविधिहरुबारे चर्चा गर्नुभयो । वडा नर्स ग्रेसा कर्माचार्यले बालबालिकाहरुमा हुने आँखाको पर्दामा हुने क्यान्सर रेटिनोब्लास्टोमा र डेंगीसम्बन्धी जनचेतनामूलक प्रस्तुती दिनुका साथै कार्यक्रममा स्थानीय रत्नकाजी नायभारी र लक्ष्मीप्रसाद दुवालले पनि बोल्नुभएको थियो ।




Grow y