Explore news and happenings at Bhaktapur

हनुमानघाटमा पाटी शिलान्यास

भक्तपुर, २०७५ मंसिर २४ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा निर्माणमा जनताको उत्साहजनक सहभागिता गराउन उपभोक्ता समितिको आवश्यकता औंल्याउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ मा अवस्थित हनुमानघाट सत्तलसँगैको पाटी पुनःनिर्माण कार्यको शिलान्यास गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले विदेशी सहयोगलाई भन्दा जनश्रमदान र जनसहभागितामा जोड दिइरहेको बताउनुभयो ।
हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुने बताउनुहुँदै प्रमुख प्रजापतिले स–साना संरचना निर्माणले ठूलो सम्पदा निर्माणमा टेवा पुग्ने बताउनुभयो ।
हनुमान घाटलाई पुरानै स्वरुपमा फर्काउन गुरुयोजना तयार गरिरहेको जानकारी दिनुहुँदै प्रमुख प्रजापतिले खोला सफा बनाउन उपचारपोखरीको डिजाइन निर्माण कार्य पनि अगाडि बढिरहेको बताउनु भयो ।

कुनै पनि सम्पदा संरक्षणमा जनताको भावना नै प्रमुख विषय हुने बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरलाई पहिलेको भन्दा सफा र सुन्दर नगरको रुपमा विकास गर्नमा नगरपालिकाले जोड दिइरहेको बनाउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भनपाको सहयोगमा हनुमानघाटको सुधार कार्य अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले आ–आफ्नो क्षेत्रबाट आर्थिक सहयोगको घोषणा गरेका थिए । सोही दिन ३ लाख ७५ हजार ५१८ रुपैया आर्थिक सहयोग सङ्कलन भएको र ३ लाख ६८ हजार ३२१ रुपैया आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर भएको उपभोक्ता समितिले जनाएको छ ।
कार्यक्रममा हनुमानघाट पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द खाइजु, कोषाध्यक्ष नवराज भण्डारी र घनश्याम खड्काले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.