Explore news and happenings at Bhaktapur

आ.व. २०८१।८२ को बजेट तर्जुमाका लागि कृषक प्रतिनिधिहरूसँग राय—सुझाव संकलन

२०८१ जेठ २२ गते, मंगलबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि कृषक प्रतिनिधिहरूसँग राय—सुझाव संकलन कार्यक्रम मंगलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले कृषक भेलाबाट निकै महत्वपूर्ण सुझावहरु प्राप्त भएको बताउँदै भक्तपुर नपाले नगरबासीहरुको हितमा आवश्यक नीतिहरू बनाउन नगरबासीहरूस“ग निरन्तर छलफलमार्फत राय–सुझाव संकलन गर्ने कार्यलाई निरन्तरता दिंदै आइरहेको बताउनुभयो ।
छलफलमा उठेका राय–सुझावमध्ये प्राथमिकताको आधारमा योजना छनोट हुने बताउ“दै उहांले भक्तपुर नपाले कृषकहरूलाई तालिम, वीऊविजन वितरणका साथै प्राविधिक सहयोगमा जोड दिंदै आएको बताउनुभयो ।
भक्तपुर नपाले कृषि क्षेत्रमा गरिरहेको विभिन्न गतिविधिबारे अवगत गराउ“दै प्रमुख प्रजापतिले कृषकहरुको लागि बाली स्वास्थ्य उपचार शिविर तथा माटो परीक्षण शिविर सञ्चालनमा जोड दि“दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रशासकीय अधिकृत वसन्त भट्टराईले आ.व. ०८१।८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको लागि विभिन्न विषयमा १०।१० जना नगरबासीहरुको प्रतिनिधित्व गराइ सुझाव संकलन गरी जनमुखी बजेट निर्माणमा नपाले जोड दिंदै आएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित कृषक प्रतिनिधिहरूले कृषकहरुको लागि कृषि ऋणको व्यवस्था गर्नुपर्ने, नगरकोट सडक दायाँ बायाँ पेटी निर्माण गर्नुपर्ने, मल अभावको दीर्घकालीन समस्या समाधानतर्फ नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने, भक्तपुर नपाले निर्माण गरिरहेको चिस्यान केन्द्र निर्माण कार्यलाई तिव्रता दिनुपर्ने, कृषिमा बजेट वृद्धि गर्नुपर्ने, कृषकहरुलाई कम्पोष्ट मल प्रयोग विधिबारे अभिमुखीकरण गर्नुपर्ने, पानीको स्रोत संरक्षण आवश्यक भएको, कृषि चुन समयसापेक्ष ढंगले वितरण गर्नुपर्ने, नपाले वितरण गर्ने वीऊविजनको गुणस्तर मापन हुनुपर्ने, तरकारी बजारको व्यवस्थापन, आधुनिक पशु वधशाला निर्माण गर्नुपर्ने, विषादी न्युनीकरणबारे कृषकहरुलाई वडागत रुपमा तालिम सञ्चालन गर्नुपर्नेलगायतका सुझावहरू राखेका थिए ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.