Explore news and happenings at Bhaktapur

विश्वविद्यालयहरुलाई अनुसन्धानको केन्द्रको रुपमा रुपान्तरण गर्नुपर्छ ः प्रमुख प्रजापति

भक्तपुर । २०८१ जेठ २२, मंगलबार

0
विश्वविद्यालय अनुदान आयोगको सहयोग र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको आयोजनामा २०८१ जेठ २२–२५ गतेसम्म सञ्चालन हुने R-Studio Programming बारे कार्यशाला गोष्ठीको मंगलबार एक कार्यक्रमबीच उद्घाटन भयो ।
कार्यशालाको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीतिक नेतृत्वको दुरदर्शी सोच र चिन्तनले विश्वविद्यालयहरूलाई नयाँ प्रयोग र अनुसन्धान गर्ने प्राज्ञिक थलो बनाउन सकिने बताउँदै विश्वविद्यालयहरुलाई अनुसन्धानको केन्द्रको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।
विश्वविद्यालयहरु राजनीतिक हस्तक्षेपका कारण लथालिङ बनेको दृष्टान्तहरु उल्लेख गर्दै प्रमुख प्रजापतिले राजनीतिक हस्तक्षेपको अन्त्य, शैक्षिक गुणस्तर वृद्धि र व्यवहारिक शिक्षा प्रदान गर्नतर्फ विश्वविद्यालयहरुले जोड दिनुपर्ने बताउनुभयो ।
देशको शिक्षा नीति समयसापेक्ष ढंगले परिमार्जित गर्दै लानुपर्ने बताउँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूमा अध्ययन अध्यापनका साथै अनुसन्धान क्षेत्रमा पनि जोड दिँदै प्रत्येक कलेजमा अनुसन्धान युनिटहरूको लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठले ख्वप कलेजको आयोजनामा भएका अनुसन्धानमूलक गतिविधि सञ्चालनले अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.