Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिसँग मेलम्ची नगरपालिकाका उपप्रमुखद्वारा भेट

भक्तपुर । ९ जेठ २०८१, बुधबार

0
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको नेतृत्वमा न्यायिक समितिका पदाधिकारीहरुले आज भक्तपुर नगरपालिकाको भ्रमण गर्नुभएको छ । सोही क्रममा टोलीले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग भेट गरी दुई नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, न्यायिक समितिको कार्यसम्पाद आदि विषयमा अनुभव अनदानप्रदान ग¥यो ।
टोलीलाई सांस्कृतिक नगरीमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर कला संस्कृति संरक्षित नगर र जीवित संग्रहालयको रुपमा परिचित नगर भएको बताउँदै भक्तपुरलाई अझ व्यवस्थित रुपमा अगाडि बढाउन जनप्रतिनिधिहरु सक्रियतापूर्वक अगाडि बढिरहेको बताउनुभयो ।
शिशुस्याहारकेन्द्रदेखि कलेज सञ्चालन गर्ने भक्तपुर नगरपालिका देशकै पहिलो स्थानीय तह भएको बताउँदै उहाँले भक्तपुर नपाले पारदर्शी ढंगले काम गरी जनताको विश्वास जित्दै आएको बताउनुभयो ।
सोही क्रममा मेलम्ची नपाका उपप्रमुख उमा प्रधानले भक्तपुरको आत्मनिर्भरताको पाठबाट सिक्न आफूहरु तत्पर रहेको बताउँदै भक्तपुर नपाले सिंगो नगरलाई व्यवस्थित र सन्तुलित ढंगले विकास गरिरहेको कार्य उल्लेखनीय छ भन्नुभयो ।
उहाँले भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजलगायतका शैक्षिक संस्थाबाट निकै राम्रा कामहरु भइरहेको प्रसंग जोड्दै भक्तपुर नपाको कार्यशैलीबाट सिकेर मेलम्ची नपामा काम गर्दै आइरहेको आफ्नो अनुभव सुनाउनुभयो ।
भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको न्यायिक समितिको कार्यसम्पादनबारे प्रष्ट पार्दै भक्तपुर नगरपालिकालाई सबैको लागि सिक्ने ठाउँको रुपमा बिकास गर्दैछौं भन्नुभयो ।
भेटमा मेलम्ची नपाका न्यायिक सहजकर्ता अस्मिता अर्याल, सीतामाया तामाङ, समितिका सदस्य श्रीकृष्ण श्रेष्ठ, सामुदायिक मेलमिलाप सेवा केन्द्र नगर सञ्जाल संयोजक विष्णुप्रसाद ढुंगाना, बासुदेव कटुवाललगायत उपस्थित हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.