भक्तपुर नगरपालिका वडा नं. १ स्थित सहकारीहरुमा आज भक्तपुर नपाले अनुगमन गरेको छ ।
अनुगमनमा सहकारी संस्थाका सञ्चालक समिति र लेखा समितिका पदाधिकारीको साथै व्यवस्थापकलाई अनुगमनमा उपस्थिति भई आवश्यक कागजात उपलब्ध गराउन पत्राचार भएकोमा सञ्चालक समितिका २ र लेखा समितिका १ जना मात्रै उपस्थित भइ अन्य पदाधिकारी उपस्थित नभएको र आवश्यक कागजात उपलब्ध नगराएको सहकारी अनुगमन समितिका संयोजक एवम् वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले बताउनुभयो ।
संयोजक बासुकलाले उपलब्ध भएका कागजातहरुमा र भक्तपुर नपालाई उपलब्ध गराएको कागजात भिडान गरी हेर्दा बचत, ऋण, बैंक मौज्दातहरु एकाआपसमा फरक देखिएको बताउनुभयो ।
अनुगमनका क्रममा संयोजक हरिप्रसाद बासुकला, सदस्यहरु नारायणप्रसाद त्वानाबासु, हरिरत्न गोर्खाली, श्यामसुन्दर मातां र सहकारी शाखाका प्रतिनिधि सहभागी थिए ।