Explore news and happenings at Bhaktapur

पूर्ण स्तनपान प्रबर्द्धनका लागि आमा समूह र स्वास्थ्यकर्मीहरुको लागि आयोजित आयुर्वेदसम्बन्धी कार्यक्रम सम्पन्न

२०८० फागुन ४ गते शुक्रबार ।

0
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भक्तपुरको संयुक्त आयोजनामा भएको पूर्ण स्तनपान प्रबद्र्धनका लागि आमा समूह र स्वास्थ्यकर्मीहरुको लागि आयोजित आयुर्वेदसम्बन्धी कार्यक्रमको उद्घाटन भनपा सभाकक्षमा पानसमा दिप प्रज्ज्वलन गरी गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख जोशीले प्राकृतिक चिकित्साले नगरबासीहरुको स्वास्थ्य प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले आयुर्वेदसम्बन्धी कार्यक्रमहरुले नगरबासीहरुको जीवन स्वस्थ बनाउन सहयोग गरिरहेको बताउनुभयो । उहाँले नेपालीहरुको दैनिक खानपानका कारण स्वास्थ्यसम्बन्धी विभिन्न आइरहेको बताउनुहुँदै भक्तपुर नगरपालिकाले नगरबासीहरु र नया“ पुस्तालाई स्वस्थ राख्न नगरका २३ वटा स्थानहरुमा खुल्ला व्यायामशाला स्थापना गरिरहेको तथा २० मिनेटको दूरीमा स्वास्थ्य सेवा प्रदान गर्न ख्वप अस्पतालका साथसाथै भनपा १ मा आधारभूत स्वास्थ्य केन्द्र, भनपा–२ र ९ मा नगर स्वास्थ्य केन्द्रहरु, भनपा–५ मा जनस्वास्थ्य सेवा केन्द्र, तथा भनपा–६ मा नागरिक आरोग्य केन्द्रबाट सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो ।
उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य स“गस“गै अनुसन्धानलाई पनि जोड दिंदै आएको बताउनुहुँ“दै स्वस्थ मानिसले मात्र शिक्षित, सुसंस्कृत र सभ्य समाज निर्माण गर्न सक्ने भएको हुँदा समाज विकासको लागि स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भक्तपुरको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजु प्रसाद अधिकारीले पूर्ण स्तनपान प्रबद्र्धनको लागि स्वास्थ्यकर्मीहरुलगायत स्थानीय आमा समूहको भूमिका अपरिहार्य रहेको बताउनुहुँदै नवजात शिशुहरुको शारिरीक तन्दुरुष्टी र मानसिक विकासको लागि आयुर्वेदका साथै पूर्ण स्तनपानको आवश्यकता माथि प्रकाश पार्नुभयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. नरेन्द्र प्रसाद गिरी, जिल्ला स्वास्थ्य केन्द्र निमित्त कार्यालय प्रमुख शान्तिराम खतिवडा, भक्तपुर नपाका स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासीवाले पूर्ण स्तनपानको महत्वमाथि आ–आफ्नो धारणा राख्नुभएको थियो ।
उद्घाटन सत्र पश्चात भएको प्राविधिक सत्रमा डा. नरेन्द्र गिरी र नर्स रचना सुवालले पूर्ण स्तनपानसम्बन्धी प्रस्तुतीकरण देखाउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.