Explore news and happenings at Bhaktapur

देको मिवा आवास योजनाको गुठीको जग्गाको समस्याबारे गुठी संस्थान प्रमुखको ध्यानाकर्षण

भक्तपुर । २०८० माघ २३ गते, मंगलबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको देको मिवा इतापाके आवास योजनामा रहेको गुठीको जग्गाबारे आएको समस्या समाधानबारे मंगलबार गुठी संस्थान प्रधान कार्यालयका प्रमुख शिवराज पण्डितको ध्यानाकर्षण गराउनुभएको छ ।
नगर प्रमुख प्रजापलिते भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जग्गा एकीकरण आवास योजनामा ७० रोपनीभन्दा बढी गुठी जग्गा रहेको र नगर विकास प्राधिकरणको नियमअनुसार योगदान प्रतिशत कटौती गरी घडेरी फिर्ता दिइरहेकोमा गुठी जग्गा कमाउने किसानहरुलाई जग्गा फिर्ता गर्न समस्या भइरहेको बताउँदै उक्त समस्या समाधान गर्न गुठी संस्थानको तर्फबाट आवश्यक पहलको लागि अनुरोध गर्नुभयो ।
सोही क्रममा गुठी संस्थान प्रधान कार्यालयका प्रमुख शिवराज पण्डितले गुठी अधिनस्थ जग्गामा कुनै पनि संरचना निर्माण गर्दा त्यसको आकारप्रकारमा परिवर्तन नहुने गरी संरचना निर्माण गर्नुपर्ने व्यवस्था ‘गुठी जग्गामा बाटो कायम गर्ने सम्बन्धी कार्यविधि २०७३’ मा उल्लेख भएको प्रष्ट पार्दै देको मिवा आवास योजनामा आएको गुठी जग्गासम्बन्धी समस्या समाधानबारे संस्थानको तर्फबाट आवश्यक पहलको लागि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले गुठी जग्गाको विषयमा कार्याविधिमै केही समस्या भएको उल्लेख गर्दै अन्य क्षेत्रमा पनि यस्ता समस्याहरु देखिएको हँदा आवास योजनाको स्थलगत निरीक्षण गरी आपसी छलफलबाट छिटै समस्या समाधान गर्र्नका लागि आवश्यक पहल गर्ने आफ प्रतिबद्धता रहेको पनि उहाँले बताउन’ भयो ।
उक्त बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, भनपा ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छें, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खीमा ओलीलगायतको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.