Explore news and happenings at Bhaktapur

ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन शिक्षामन्त्रीको ध्यानाकर्षण

भक्तपुर । २०८० माघ २१, आइतबार

0
भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयको रुपमा सञ्चालन हुने गरी ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ संसदबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री अशोककुमार राईसमक्ष भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अनुरोध पत्र हस्तान्तरण गर्नुभयो ।
भनपा वडा नं। ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङको सुनिल दुवालसमेतको टोलीले सोमबार मन्त्री राईको ध्यानाकर्षण गरेको हो ।
सोही क्रममा मन्त्री राईले लामो समयदेखि विचाराधीन रहेको ख्वप विश्वविद्यालय विधेयक २०८० छिट्टै संसदमा पेश गर्ने तयारी भइरहेको बताउँदै हिउँदे अधिवेशनको पहिलो प्राथमिकतामा ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारीमा मन्त्रालय अग्रसर रहेको बताउनुभयो । उहाँले विभिन्न विज्ञहरुसँग छलफल गरी मन्त्रालयले ख्वप विश्वविद्यालयको विधेयकको तयारी गरिरहेको बताउनुभयो ।
मन्त्री राईले देशमा भ्रष्टाचार रोक्न सके र उपलब्ध स्रोत साधनको उपयोग गरी इमानदारीपूर्वक काम भए देशको विकास छिटो हुने बताउनुभयो ।
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले वि।सं। २०५६ सालमा ख्वप उच्च मा।वि।, २०५८ सालमा ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इञ्जिनियरिङ र २०७९ सालमा ख्वप कलेज अफ लको स्थापना गरी ती कलेजहरुमा देशभरका सात हजारभन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेको अवगत गराउँदै ख्वप विश्वविद्यालय स्वीकृत भएमा जनतालाई फाइदा हुने बताउनुभयो ।
प्रमुख प्रजापतिले शिक्षा मन्त्रालयबाट ख्वप विश्वविद्यालय सम्बन्धी समितिसमेत गठन गरी सकेको हुँदा आवश्यक प्रकृया पु¥याइ भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयको रुपमा सञ्चालन हुने गरी “ख्वप विश्वविद्यालय विधेयक २०८०” संसद्बाट पारित गर्ने प्रकृया अगाडि बढाई दिनु हुन अनुरोध गर्नुभयो ।
साथै प्रमुख प्रजापतिले मन्त्री राईलाई नपाद्वारा प्रकाशित विभिन्न प्रकाशनहरु पनि हस्तान्तरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.