Explore news and happenings at Bhaktapur

विद्यालय तहदेखि नै भूगोल र इतिहास अध्ययनमा जोड दिनुपर्ने

भक्तपुर, २० माघ ।

0
 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै भावी समाज सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
मिनर्वा स्कूलको अभिभावक दिवस तथा बिदाइ कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले विद्यालय तहदेखि नै भूगोल, इतिहास, कलासंस्कृतिबारे अध्ययन गर्न जोड दिनुभयो ।
उहा“ले हरेक विद्यार्थीस“ग कुनै न कुनै विशेषता र क्षमता हुने भएको हु“दा उनीहरूको विशेषताअनुसार फरक शैलीबाट काम गर्ने वातावरण दिनुपर्छ भन्नुभयो ।
उहा“ले भन्नुभयो, “विद्यार्थीहरू उच्च शिक्षा पढ्न विदेशी भूमि रोज्छन् । अभिभावकहरू छोराछोरी विदेश गएकोमा खुसी हुन्छन् । हाम्रो शिक्षा प्रणाली कस्तो छ र हामी कस्तो जनशक्ति उत्पादन गर्दै छौ“ ?”
श्रमस“ग जोडिएको शिक्षा अहिलेको आवश्यकता भएको बताउ“दै प्रमुख प्रजापतिले विश्व विद्यालयको प्रमाणपत्रस“गै युवाहरूलाई सीप प्रदान गर्न नगरपालिकाले विभिन्न भाषा र सीपमूलक तालिमहरू दिइरहेको प्रस्ट पार्नुभयो ।
उदाहरणीय बन्न सजिलो छैन, सजिलो काम रोज्नेहरू उचाइमा पुग्न पनि सक्दैनन्, उहा“ले भन्नुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भनपाले वडा वडामा व्यायामशालाहरू राखेर जनतालाई स्वस्थ राख्न सहयोग गरिरहेको चर्चा गर्दै समयसमयमा खेलकुद प्रतियोगिता र वडा वडामा नर्सको व्यवस्था तथा अस्पताल निर्माणले जनतालाई सहज बनाएको बताउनुभयो ।
डा. सत्यनारायण सुवालले विश्वमा ज्यान गुमाउनेहरूमध्ये ७१ प्रतिशत नसर्ने रोगको कारण हुने गरेको तथ्याड्ढ प्रस्तुत गर्दै अस्वस्थ खाना, धूमपान र मद्यपानको कारण त्यस्ता रोगीहरूको सङ्ख्या वृद्धि भएको हु“दा त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश प्रजापतिको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा सांस्कृतिक गुरु कृष्णसुन्दर प्रजापतिले शुभकामना मन्तव्य दिनुभएको थियो भने प्रिन्सिपल राजेन्द्र दुवालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथि प्रजापतिले २०७९ सालमा विद्यालयको तर्फबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई पत्र हस्तान्तरण तथा विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
उद्घाटनपश्चात् सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.