Explore news and happenings at Bhaktapur

भान्साघर औषधालय कार्यक्रम सम्पन्न

0
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भक्तपुरको संयुक्त आयोजना भक्तपुर नगरपालिकाभित्रका १२० जना आमा समूहका महिलाहरुका लागि भान्साघर औषधालय विषयक अभिमुखीकरण कार्यक्रम आज भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि जोशीले आयुर्वेद औषधीको महत्व र घरमै उपलब्ध स्रोत साधनको सही प्रयोग गर्ने सके अस्पताल धाउन आवश्यक नहुने बताउनुहुँदै गृहणीहरुले घरका सदस्यहरुको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्नुभयो ।
उहाँले भक्तपुर नगर कला संस्कृतिको राजधानी भएको हुँदा बेला बेलामा हुने सा“स्कृतिक चाडपर्व अनुसारको खाद्य सामग्रीहरुले शरिरलाई स्वस्थ राख्न महत्वपूर्ण योगदान गर्ने बताउनुहुँदै भक्तपुर नगरपालिकाले बेला बेलामा सा“स्कृतिक महोत्सवहरुको आयोजना गरी संस्कृति जगेर्ना गरिरहेको बताउनुभयो ।
खराब खानपानका कारण नसर्ने रोगहरुमा उल्लेख्य वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाले मृगौला, मुटुरोग, क्यान्सर कडा रोग लागेका विरामीहरुको लागि रु १५ हजार आर्थिक सहयोग वितरण गर्दै आइरहेको तथा भनपाद्वारा वडा–वडामा निःशुल्क व्यायामशालाको व्यवस्था गरेको र भनपाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा निरन्तर स्वास्थ्य शिविरहरुको आयोजना गर्दै आएको जानकारी दिनुहुँदै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाईलाई प्राथमिकतामा राखी समाजवादउन्मूख कार्य गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासीवाले मात्रा मिलाएर खाएमा औषधी र नमिलेमा विष हुने बताउनुहुँदै भान्छा घर नै औषधीको स्टोर भएकोले विभिन्न खाद्यान्नसम्बन्धी जानकारी राख्नुपर्ने बताउनुभयो ।
जिल्ला आयुर्वेद औषधालयका कार्यालय प्रमुख डा. नरेन्द्र गिरीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै आयुर्वेद औषधीको महत्व दैनिक जीवनमा अपरिहार्य रहेको बताउनुभयो । साथै उहाँले घरमै उपलब्ध समाग्रीहरुको उचित प्रयोग गर्न सकिन्छभन्नेबारे प्रस्तुतीकरणमार्फत जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.