Explore news and happenings at Bhaktapur

का. स्तालिनको १४५ औं र का. माओ त्सेतुङको १३० औं जन्म दिवसको अवसरमा प्रवचन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुर, मिति २०८० पौष २० गते शुक्रबार ।

0
विश्व सर्वहारा वर्गका महान नेता का. स्तालिनको १४५ औं र का. माओ त्सेतुङको १३० औं जन्म दिवसको अवसरमा भक्तपुर नगरपालिका कर्मचारी एशोसियसन र नेपाल कर्मचारी समाजको आयोजनामा प्रवचन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले जनता, कर्मचारी र जनप्रतिनीधिहरुको एक मनको एकताले नमुना नगर बनाउन सफल भएको बताउनु भयो । उहाँले अग्रजहरुको मेहनत र अथक प्ररिश्रमले भक्तपुर आजको स्थितिमा पुगेको हो भन्नुु भयो । लेनिनवादी सिद्धान्त अनुसार जनताको सेवा गर्न निर्वाचनमा सहभागी भएको र नमकिपाले निर्वाचनलाई जनताको चतेना स्तर नाप्ने व्यारोमिटरको रुपमा उपयोग गरेको कुरा प्रमुख प्रजापतिले औंल्याउनु भयो । उहाँले आजको चीन कसरी बन्यो भने सन्दर्भमा माओको योगदान नै भएको बताउँदै “उदारवादको विरोध गर” भने माओको शिक्षाले मानिसलाई आलोचना र आत्मआलोचनाले असल, इमान्दार र अनुशासित बनाउने बताउनु भयो । उहाँले जनवादी केन्द्रीयतामा अल्पमत बहुमतको निर्णय मान्नुपर्ने बताउनु भयो । क्रान्ति पछि सोभियत संघ आत्मनिर्णयको अधिकार सहित विभिन्न देशहरु समाहित भएको बताउँदै समाजवादको अस्थायी हारले फेरी टुक्रा टुक्रा भएको तर नाटोमा सदस्य नहुने शर्तमा वार्सा संगठन विघटन गरेको बताउनु भयो । तर युक्रेनलाई नाटोमा सदस्य बनाएर अमेरिकाले रुस र युक्रेनको युद्ध गराईरहेको प्रकाश पार्नु भयो । उहाँले माक्र्स एङ्गेल्सले कम्युनिष्ट घोषणा पत्र लेख्नु भन्दा अगाडी काल्पनिक समाजवादीहरुले समतामूलक समाज कसरी प्राप्त गर्ने भन्नेवारे ज्ञान नभएकोले माक्र्सवादले पूँजीवाद र सामन्ती व्यवस्थालाई बल प्रयोग गरी मात्र फाल्न सक्ने र समाजवाद स्थापनाको कुरा नै माक्र्सवाद भएको बताउनु भयो । उहाँले भक्तपुर नगरपालिकाले समाजवाद उन्मुख तरिकाबाट काम भइरहेकोबारे अध्यन भ्रमणमा आउने जनप्रतिनिधि र पार्टीका प्रतिनिधि मण्डलका सदस्यहरुले भनेको बताउँदै समाजवादी व्यवस्था अनुसार शिक्षा, स्वास्थ्य र रोजगारीमा जनताको सहभागिता मूलक काम गरिरहेको भन्नु भयो । उहाँले संविधान र कानुनको परिधिमा बसेर जनताको सेवा गर्ने बताउँदै समाज, देश र जनताको सेवा गर्नु नै समाजवादी व्यवस्थाको हिमायती बन्नु हो भन्नु भयो । वर्गमा विभाजित समाजमा वर्ग संघर्ष अपरिहार्य भएकोमा वर्ग समन्वयको कुरा गर्ने एमाले माओवादी संशोधनवादी भएको बताउनु भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका कर्मचारी एशोसियसनका अध्यक्ष गौतम प्रसाद लासिवाले स्तालिन र माओको विचार समय सान्दर्भिक भएकोले त्यसबाट सिक्नु पर्ने बताउनु भयो । उहाँले मानिस राजनीतिक प्राणी भएकोले राजनीतिबाट कुनै कर्मचारी अलग नहुने बताउँदै कामदार जनता शासन सत्ता पुग्न सक्ने स्तालिन र माओले प्रमाणित गरि देखाएको बताउनु भयो । उहाँले ट्रेड युनियनवाद भन्दा जनता र देशको सेवा गर्ने कर्मचारीको रुपमा हामीले काम गर्नु पर्छ भन्नु भयो । उहाँले स्तालिन नभएको भए दोश्रो विश्व युद्धमा संसार साम्राज्यवादीहरुको हातमा जाने थियो र स्तालिनको नेतृत्वको रुसले हितलरलाई पराजित गरी विश्वलाई साम्राज्यवादबाट बचाएको थियो भन्नु भयो । उहाँले माओवादबाट सिक्नु पर्ने, कामगरी खाने वर्गसंग मिल्नु पर्ने, शत्रुको घेरा कम गर्नुपर्ने कुरामा जोड दिंदै सन्तोष अध्ययनको शत्रु भएकोले कर्मचारीहरुले निरन्तर अध्ययनमा जोड दिनु भयो । नयाँ किताब किन पुरानो कोट लगाउ, चिनियाँ युद्धकला र देश र जनताको सेवा गर्ने कला सिक्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा अर्थशास्त्र अध्ययन समाजका अध्यक्ष मुरज दिदिया , दिल कृष्ण माक, राम कृष्ण प्रजापति, विद्या लक्ष्मी प्रजापति, विकास प्रजापति र राजेश दिस्तीले पनि स्तालिन र माओबारे बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.