Explore news and happenings at Bhaktapur

”पूर्खाले सिर्जेको सम्पत्ति – हाम्रो कला र संस्कृति“ ”बहाबही चिनौं – सम्पदा संरक्ष्ण गरौं ।“ भक्तपुरका बहाबहीहरुको संक्षिप्त परिचय

0
१. अखण्डशील महाविहार
परिचय ः भक्तपुर नगरको बिभिन्न बिहारहरु मध्ये अखण्डशिल महाविहार एक हो । भक्तपुर वडा नं. ४ मा रहेको यस प्राचिन महाविहारमा प्रवज्या सम्बर (भिक्षु गरिने कार्य) गरिने कार्य निरन्तर रुपमा भईरहेको छ । “आदि बाहा”ः भनेर पनि परिचित यो बाहाःलाई स्थानिय जनताहरुले अखः बाहाः पनि भनिन्छ । बाहाः वास्तुस्वरुप अनुसार वर्गाकार चोक भएको यस अखःबाहाको पूर्वमा राम मन्दिर जाने बाटो र गाःहिटि, दक्षिणमा तालाको, पश्चिममा तालाको थुम्को (डम्प्mव) र उत्तरमा बुलुचा हिटि रहेका छन् ।
ऐतिहासिक पृष्ठभूमि ः नेपालमा प्रचलित विभिन्न वंशावलीहरु मध्ये एक मछिन्द्रनाथ (बुंगद्यो) को वंशावलीमा उल्लेख भए अनुसार गोरखनाथ योगीको कारणले काठमाण्डौ उपत्यकामा १२ बर्षसम्म पानी नपरेर हाहाकार भइरहेको बखतमा जलवृष्टि गराउन लोकनाथ (करुणामय) लाई कामारुकामाक्षबाट ल्याउनको लागी भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका बज्राचार्य वन्धुदत्त र पाटनको ललित किसान सहितको टोली जानु भएको उल्लेख छ । त्यहाँबाट वहाँलाई ल्याई भक्तपुरमा विराजमान गराउनको लागि यो अखण्डशील विहार निर्माण गरेको हो भन्ने जनविश्वास छ । त्यसैले पाटनमा आजपनि रथ तान्नु अघि अखबाहाः भनेर एकचोटी भन्ने चलन अहिले सम्म पनि रहेको सुनिन्छ । अखण्डशील विहारमा रहेको सबैभन्दा पुरानो अभिलेख विहारको क्वापाद्यो (अक्षोभ्य बुद्ध) विराजमान गराइएको गर्भगृहमा रहेको ने.सं.७७७ को शिलापत्र हो । उक्त शिलापत्रमा बजाचार्य देवज्योतीले ने.सं.७७५ मा जिर्णोद्धार गर्ने काम शुरु गरेर ने.सं.७७७ मा पूरा गरेको उल्लेख भएको छ ।
बाहाःको संघ, गतिविधि र सम्पदा ः यस अखःबाहाःमा करिब २० बज्राचार्य परिवार संघ सदस्यहरू रहेका छन् । बाहाःमा संघ मार्फत पालैपालो दिनहुँ विहान नित्यपूजा र साँझ (संन्ध्याकाल) मा सन्या गर्ने (मतÞ बियेगु÷बत्ति चढाउने) कार्य गर्दै आएका छन् । बर्षै पिच्छे चैत्र शुक्ल पूर्णिमाको दिन यस अखःबाहाःको मूलचैत्यलाई योमारी चढाएर पर्वपूजा गर्दै आइहेको छ । यो बाहाःको प्रमुख सम्पदाहरूमा क्वापाद्यो (अक्षोभ्य बुद्ध), मूल बज्रधातु चैत्य, अाँगम देवता हेरुक चक्रसंवर रहेका छन् ।
२. जेतवर्ण महाविहार
परिचय ः भक्तपुर नगरको वडा नं ३ ,तेखाचो टोलमा जेतवर्ण महाबिहार रहेको छ । निवा बुद्धाचार्य (शाक्य) हरु प्रवजित गर्ने यो बिहारलाई पाटनको हिरण्यवर्ण महाविहारको सिद्धहस्त र प्रख्यात धातुकलाको काम गर्ने निवाःशाक्यहरुको बाहाः भएकोले स्थानिय जनताले “निवाः बाहाः” पनि भनिन्छ । बाहाःको वास्तुस्वरुप अनुसार वर्गाकार चोक भएको यस निवाः बाहाःको पूर्वमा बाराही मन्दिर, दक्षिणमा तेखाचो टोलको मूलबाटो, पश्चिममा तँचाकोने र उत्तरमा लस्कः देवताको मन्दिर रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि ः जेतवर्ण महाविहार स्थापनाका बारेमा स्पष्ट उल्लेख भएको अभिलेख हालसम्म प्राप्त भएको छैन । त्यसो भएतापनि गुणासिंह आजूले वर्तमान जेतवर्ण महाविहार क्षेत्रमा ने.सं.७५१ देखि ७५४ तिर जग्गा खरिद गरेको देखिएकोले त्यस समयभित्र जेतवर्ण महाविहार स्थापना भएको अनुमान गरिएको छ । यस महाविहारको क्वापाद्योको बायाँ भित्तामा अहिले सम्म प्राप्त सबैभन्दा पुरानो अभिलेख राखिएको छ । राजा रणजित मल्लको समयमा भक्तपुर दरवारको प्रसिद्ध “लुँध्वाका” (सुनको ढोका) बनाउने यस महाबिहारका गुणाकर, रतिकर र प्रभाकरहरुले विश्वकर्मालाई ने.सं. ८७१ मा “हेलफ्वः” चढाएको विवरण त्यस अभिलेखमा उल्लेख छ ।
बाहाःको संघ गतिविधि र सम्पदा ः निवा बाहाःमा करिव १०० घर निवा बुद्धाचार्य (शाक्य) परिवार संघ सदस्यहरू रहेका छन् । यस बाहाःमा संघको सदस्यबाट दिनहुँ पालैपालो बिहान नित्यपुजा गर्ने कार्य भैरहेको छ । प्रत्येक वर्ष यस निवाःबाहाःको मूलचैत्यलाई सिठि नखःको समयमा पूजा गर्दै आइरहेका छन् । त्यसै गरी कुथुबहीमा पनि यस बाहाःका संघले बर्षको छ महिना नित्यपूजा गर्ने र त्यहाँको दीपंकर बुद्धको जात्रा संञ्चालन गर्दै आइरहेको छ । यो बाहाःको मूल सम्पदाहरुमा क्वापाद्योको रुपमा मैत्रेय बोधिसत्व, दिपंकर बुद्ध र मूल बज्रधातु चैत्य हुन् ।
३. बौद्ध समकृत विहार (कुथुबही)
परिचय ः भक्तपुर नगरको वडा नं. १ भार्वाचो टोलमा बौद्ध समकृत विहार रहेको छ । स्थानिय जनताहरुले “कुथुबही” भनेर चिनिने यस विहार बही वास्तुकला स्वरुप चतुष्कोणाकारको रुपमा रहेको छ । पञ्जरां दान पर्व एवं सम्यक् महादान पर्वमा ल्याईने दीपंकर बुद्धको मूर्ति यस बिहारमा रहेको छ । यस बिहारको पूर्वदिशामा इताछेँ ÷ भार्वाचो टोल, दक्षिण दिशामा भार्वाचो ढोकाबाट काठमाण्डौं जाने मोटरबाटो, पश्चिम दिशामा सिद्धपोखरी र उत्तर दिशामा थथुबही रहेका छन् ।
ऐतिहासिक पृष्ठभूमि ः बौद्ध समकृत विहार स्थापना भएको समय उल्लेख भएको अभिलेख अहिलेसम्म भेटिएको छैन । तर पनि यस बिहार र अलि माथि रहेको जयकिर्ति महाविहार (थथुबही) को क्षेत्रफल, बहीको वास्तु स्वरुप आदि समान देखिएको हुनाले यो बिहार थथुबही निर्माण गरिएको समय मैे निर्माण भएको अनुमान गर्न सकिन्छ । अहिले सम्म प्राप्त पुरानो अभिलेख ने.सं. ७४३ को ताडपत्र अनुसार राजा जगज्योति मल्लले क्वाठन्डू टोलका गुणसिंह नेवा बाडेलाई क्वथूखेलको घर, खेत दिएको कुरा उल्लेख गरिएका पाईन्छन् ।
बाहाःको संघ, गतिविधि व सम्पदा ः यस बौद्ध समकृत महाविहारका संघ सदस्यहरुमा, चतुब्रम्ह महाविहारका बज्राचार्य (चिवागाःखलः, घ्याङ्गखलः, मायेके खलः) र जेतवर्ण महाविहारका बुद्धाचार्य (शाक्य) हरु रहेका छन् । वहाँहरु दुबै खलकहरुमध्ये प्रत्येक खलकले छ – छ महिनामा आलोपालो गरी दिनदिनै प्रत्येक बिहान नित्यपूजा र सन्ध्याकालमा सन्यापूजा (दीप पूजा) गर्ने कार्य हुँदै आएका छन् । त्यसरी नै प्रत्येक वर्ष सम्पन्न हुँदै आएको पञ्जरां दानपर्व र सम्यक् महादान पर्वमा पनि दीपंकर बुद्धको जात्रा सम्पन्न गर्दै आएका छन् । यस बहीका मूल सम्पदाहरुमा बहीको गन्धूरी देवता शाक्यमुनि बुद्ध, दीपंकर बुद्ध, बहीको मूल चैत्य, महाँकाल, आगं देवता बज्रदेवी आदि हुन् ।
४. जयकीर्ति महाविहार (थथु बही)
परिचय ः भक्तपुर नगरको वडा नं. १ इताछेँ टोलमा जयकीर्ति महाविहार रहेको छ । स्थानिय जनताहरुले थथुबही भनेर चिनिने यस बही, वास्तुकला स्वरुप अनुसार चतुष्कोण चोक भई चारैतिर बहीघरले घेरिएको छ । भक्तपुर नगरको बही वास्तुकला अनुसार एकमात्र मूल स्वरुपमा बाँकी रहेको बही भएको कारणले गर्दा यसको महत्वपूर्ण स्थान छ । यस बहीको बाहिरी परिसर (भूईख्यः)मा ने.सं.७८७ सालदेखि प्रत्येक वर्ष सम्येक् महादान पर्व मनाउन्दै आईरहेको छ । पञ्जरांदान पर्व एवं सम्येक् महादान पर्वमा ल्याईने दीपंकर बुद्धको मूर्ति यस बिहारमा रहेको छ । यस विहारको पूर्वदिशामा नकपोखरी (नःपुखु) तथा इताछेँ टोल, दक्षिण दिशामा कुथुबही तथा काठमाण्डौं भक्तपुर बसस्टप, पश्चिम दिशामा सिद्धपोखरी र उत्तर दिशामा नगरकोट जाने मोटर बाटो छन् ।
ऐतिहासिक पृष्ठभूमि ः जयकीर्ति महाविहार थथुबही कुन समयमा स्थापना भएको हो भन्ने उल्लेख भएका अभिलेख अहिलेसम्म भेटिएको पाइन्दैन । तरपनि यस बहीसंग आवद्ध एक भारदारले ने.सं.२८९ मा यस बहीको अगाडि एक “नःपुखु” निर्माण गरेका थिए भन्ने कुरा गोपालराज वंशावलीमा उल्लेख भएका हुनाले सो समय भन्दा अगाडि नै यस बही निर्माण भएको देखिन्छ । यस वहीको क्वापाद्योको पादपिठमा रहेको ने.सं. ६६६ को अभिलेख नै सबैभन्दा पुरानो अभिलेख हो । राजा जितामित्र मल्लको पालामा जयरत्न बज्राचार्यले थथुवही जिर्णोद्वार गरिएको ने.सं.७९४ को अभिलेख क्वापाद्योको मूलद्धारको दायाँ बायाँ रहेको छ ।
बाहाःको संघ, गतिविधि व सम्पदा ः जयकीर्ति महाविहारमा चतुब्रम्ह महाबिहारको बज्राचार्य (चिवागाःखलः, घ्याङ्गखलः, मायेके खलः) र जेष्ठवर्ण महाविहारको बुद्धाचार्य (शाक्य) हरु संघसदस्य रुपमा रहेका छन् । यी दुई महाविहारका संघ सदस्यहरुबाट आलोपालो गरी दैनिक रुपमा बिहान नित्यपूजा र सन्ध्याकालिन समयमा सन्यापूजा (दीपपूजा) गर्ने कार्य हुँदै आएका छन् । त्यसरी नै भक्तपुरको प्रसिद्ध पञ्जरां दान पर्व र सम्यक् महादान पर्वमा दीपंकर बुद्धको जात्रा गर्दै आई रहेका छन् । यस बहीका मूल सम्पदाहरु बहीको गन्धूरी देवता (पद्मपाणी बोधिसत्व), दीपंकर बुद्ध, मूल चैत्य, मुचलिन्द बुद्ध, आगं देवता चक्रसम्वर हुन् ।
५. जेष्ठवर्ण महाविहार
परिचय ः भक्तपुर नगरको वडा नं. १ मा नै रहेका अर्को विहार जेष्ठवर्ण महाविहार हो । तँचाकोने स्थानमा स्थापना भएको महाबिहार भएकोले स्थानिय जनताहरुले यस महाविहारलाई “तँचाकोने बाहा”ः भनिन्छ । बाहाःको वास्तुकला स्वरुप अनुसार यो बाहाःमा वर्गाकार चोक छ । यस विहारमा रहेका संघ सदस्यहरु बुद्धाचार्य (शाक्य)को प्रवजित (भिक्षु) गर्ने कार्य निरन्तर रुपमा गरिन्दै आएको छ । यस बाहाःको पूर्वमा ईताछेँबाट तेखाचो जाने बाटो, दक्षिणमा भार्वाचो जाने बाटो, पश्चिममा नःपुखु र उत्तरमा इताछेँ रहेको छ ।
ऐतिहासिक पृष्ठभूमी ः जेष्ठवर्ण महाविहार स्थापना भएको उल्लेख गरिएको अभिलेख अहिलेसम्म प्राप्त भएको छैन । त्यसो भएतापनि हालसम्मको प्राप्त भएको सबैभन्दा पुरानो यस बाहाःको अभिलेख यसै बाहाःको मूल चैत्यमा ने.सं.८२० उल्लेख गरिएको छ । अक्षर सबै खिइसकेको एउटा शीलापत्र क्वापाद्यो घरको भित्तामा रहेको छ । यस विहारमा रहेका संघ सदस्य बुद्धाचार्य (शाक्य)हरु काठमाण्डौंको तक्षबाहाबाट आएको भन्ने चलन छ ।
वाहाःको संघ, गतिविधि र सम्पदा ः तँचाकोने बाहाःको बुद्धाचार्य (शाक्य)हरु करिब १५ परिवार संघ सदस्यहरु रहेका छन् । यहाँको बुद्धाचार्य (शाक्य) हरु पहिला थथुबहीमा प्रवजित गर्ने कार्य गरिन्दै आएको थियो । पछि यो बाहाः निर्माण गरीसकेपछि सम्पूर्ण परम्परा यहि बाहाःमा संचालन गर्दै आइरहेका छन् । आजभोलि बाहाःमा प्रत्येक दिन पालैपालो यहाँका संघ मार्फत बिहान नित्यपूजा गर्ने र साँझ सन्या गर्ने कार्य भईरहेको छ । प्रत्येकवर्ष यस बाहाःमा प्रत्येक महिनाको १ गते (संक्रान्ति) र ग्रहणको समयमा बाहाःको आगममा पूजा गर्दै आएका छन् । बाहाःको मूल सम्पदाहरुमा क्वापाद्यो शाक्यमूनि बुद्ध र मूल बज्रधातु चैत्य रहेको छ ।
६. लोकेश्वर महाविहार
परिचय ः भक्तपुर नगरको वडा नं. २ मा रहेको लोकेश्वर महाविहार एक प्रसिद्ध महाविहार हो । स्थानीय भाषामा “लश्क बाहाः” भनेर पनि चिनिएको यस बिहारमा प्रबजित कार्य हुने गरेको छ । बिहारको वास्तुस्वरूप अनुसारको चोक, यस विहारमा रहेको छैन । यस बिहारको पूर्वमा खमाःबहाल, दक्षिणमा तापालाछिं, पश्चिममा इताछे र उत्तरमा कुस्कः टोल रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि ः नेपालको विभिन्न बंशाबलीहरु मध्ये एक बुंगद्यःको वंशावली अनुसार काठमाडौ उपत्यकामा गोरखनाथ योगीको कारण १२ बर्षसम्म पानी नपरेर हाहाकार भैरहेको समयमा जलबृष्टिको लागी सहकालका देवता श्री लोकनाथ (करुणामय) ल्याउनको लागी भक्तपुरको राजा नरेन्द्रदेव, काठमाडौँको बज्राचार्य बन्धुदत्त र पाटनको ललित किसानको टोली कलिगत सम्बत ३७०० मा कामरुकामाक्ष जानु भएको कुरा उल्लेख गरिएको छ । लोकनाथलाई काठमाडौ उपत्यकामा ल्याई सकेपछि सहकालको शुरुवात भएको मानिन्छ । यसरी ल्याईएको सहकालका देवतालाई पाटनमा स्थापना गरिएको भएता पनि त्यहाँ स्थापना गरिएको जस्तै करुणामयको मूर्ति भक्तपुरमा पनि स्थापना गर्न स्थानीयको सपनामा आज्ञा भए अनुरूप कलिगत सम्बत ३७०१ मा यो लोकेश्वर महाविहार निर्माण गरिएको कुरा स्थानिय मानिसहरुले दाफा भजन गरीने सफूको पुष्पिका वाक्यमा उल्लेख भएको छ । भक्तपुरको एकमात्र प्रसिद्ध लोकेश्वरको मन्दिरको रुपमा रहेको यस विहारमा विहानैदेखि नै भक्तजनहरुको उपस्थिति रहने गरेको छ । ने.सं. ९५० को ताम्रपत्र यस महाविहारको अहिलेसम्म प्राप्त पूरानो अभिलेखको रुपमा रहेको छ ।
विहारको संघ, गतिविधि र सम्पदा ः यस लोकेश्वर विहारमा करिव २० बज्राचार्य परिवारका सदस्यहरुको एक संघ रहेको छ । सो संघ मार्फत पालैपालो दिनदिनै विहान नित्यपुजा गर्ने र साँझ सन्या गर्ने (वत्ति बालेर चढाउने ) कार्य निरन्तर रुपमा भइरहेको छ । यस वाहाको मूल लोकेश्वरको मुर्तिलाई हरेक वर्ष गुंलागाः द्वितिया तिथिमा खतमा राखी नगर परिक्रमा गर्ने परम्परा रहेको छ । यस बिहारको प्रमुख सम्पदामा क्वापाद्यः स्वरुप लोकेश्वरको मूर्ति, मूल बज्रधातु चत्ैय, धर्मधातु मण्डल र विभिन्न चैत्यहरु रहेको छ । यस बिहारको आँगमदेवताको रुपमा चण्डमहारोषण रहेको छ ।
७. चतुव्रम्ह महाविहार
परिचय ः भक्तपुरको दरबार क्षेत्र रहेको वडा नं.५ मा यस चतुव्रम्ह महाविहार रहेको छ । तधिछें बाहाः भनेर पनि चिनिएको यस बाहाःलाई स्थानिय जनताले “बाहाःछें” भनेर पनि भनिन्छ । उपत्यका भित्रकै वेजोड बहाः वास्तुकलाको अनुपम नमुनाको रूपमा खडा भएको वर्गाकार चोक र चारैतिर बाहाःछें भएको यस तधिछें बाहाःमा प्रवज्या सम्वर (भिक्षु वनाउने) कार्य निरन्तर रुपमा गर्दै आएको छ । पञ्जरांदान पर्व एवं सम्येक् महादान पर्वमा जात्रा गरिने दीपंकर बुद्धको मूर्ति यस बिहारमा रहेको छ । यस विहारको पूर्वमा साकोठा, दक्षिणमा टौमढीे, पश्चिममा पच्पन्न भ्mयाले दरवार र उत्तरमा वालाखु टोल रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि ः चतुब्रम्ह महाविहार ने.सं. ६११ सालमा राजा राय मल्लको शासनकालमा निर्माण भएको हो । कुमारीको विधिवत् रुपमा दरवारमा पूजा गर्न, काठमाडौं तक्षबाहाःका प्रसिद्घ बज्राचार्य सुरतबज्रका माहिलो छोरा जीवचन्द्रलाई बोलाएर वहाँलाई स्थायी रूपमा बसोवास गराउनको लागि नै यस बाहाःको निर्माण गरिएको हो । चतुब्रम्ह महाविहारमा रहेकोे प्राप्त सबैभन्दा पुरानो अभिलेख राजा विश्व मल्लको शासनकाल ने.सं. ६७१ को एउटा तमसुक पत्रमा “तलमन्देत्वाः बहालछें” उल्लेख भएको छ । यस बाहाःको विषय घटनावली टिपोटमा, दीपंकर वुद्घको गहनामा, बाहाःको तोरणमा, टुंडालमा, हस्तलिखित ग्रन्थको पुष्पिका वाक्य आदिमा विभिन्न अभिलेखहरु रहेका छन् ।
बाहाःको संघ, गतिविधि र सम्पदा ः चतुब्रम्ह महाविहारमा चिवाग, घ्याङ्ग खलः, माय्कें खःल, छुमा खलः, देगचा ल्युने खलः र तधिछें खलः गरी ६ खलका करिब १५० बज्राचार्य परिवार संघ सदस्यहरु रहेका छन् । तधिछें बाहाःमा संघमार्फत पालैपालो दिनदिनै विहान नित्यपुजा र साँझपख सन्या यायेगु (बति चढाउने) कार्य भैरहेको छ । त्यसैगरी दशैं (मोहनी) र बिस्का जात्रामा सबै संघ सदस्यहरुले आगंमा अनिवार्य रुपमा पूजा गरीन्छ । यस बाहाःका संघ सदस्यहरूले भक्तपुरमा रहेका अरु वहाबहीहरुमा पनि बौद्ध परम्परा अनुसार पुजा र संस्कृति संस्कार गर्दै आइरहेको छ । त्यसमध्ये चिवागः, घ्याङ्ग खलः र माय्कें खलःले थथुवहीमा जेष्ठवर्ण महाविहारका संघ सदस्यहरु संग र कुथुवहीमा जेतवर्ण महाविहारका संघ सदस्यहरु संग मिलि नित्य पूजा, पर्व पुजा र दिपंकर बुद्घ जात्रा गर्दै आइरहेका छन् । विगतमा यस चतुब्रम्ह महाविहारका छुमा खलःले यालाछें बहीको नित्य पूजा, पर्व पूजा गर्दथ्यो । तधिछें खलःले झौरवहीको नित्य पूजा, पर्वपूजा र दीपंकर बुद्घ जात्रा गर्दै आइरहेका छन् । त्यसै गरी यस खलःका बज्राचार्य, जयरत्नले ने.सं. ७८७ मा सम्यक महादान गरेको र पछि वहाँका सन्ततिहरुले पनि सम्यक महादान पर्वलाई निरन्तरता दिँदै आजसम्म पनि अविरल रूपमा निरन्तर यो दानपर्व चलि आइरहेको छ । हरेक बर्ष योमरी पूर्णीमाको चौथौं दिनमा यस तधिछें बाहाःका संघ सदस्यहरू जम्मा भएर संघ भोजन गर्दै आइरहेको छ । क्वाःपाद्योको रुपमा रहेको पद्मपाणी लोकेश्वर, दीपंकर बुद्घ, वास्तुकला युक्त बाहाःछें, मूल बज्रधातु चैत्य, आगं द्यो को रुपमा रहेको बज्रदेवीको मुर्ति यस विहारका प्रमुख सम्पदाका रुपमा रहेका छन् ।
८. यालाछे“ बही
वयोवृद्ध बौद्ध विद्धानहरुको भनाई अनुसार भक्तपुर नगरको वडा नं. २ मा यालाछें बही रहेको अनुमान गरिएको छ । यस बही सम्वन्धि कुनै पनि हस्तलिखित ग्रन्थ, अभिलेख प्राप्त भएको छैन । यद्यपि वर्तमान अवस्थामा यालाछेँ भएको स्थान वरपरको भन्दा अग्लो स्थान,पुरानो शैलीको चैत्य र वि.सं.२०५६ सालसम्म पनि त्यहाँ सिद्ध पुरुषहरुको शिलामूर्ति कुदि राखेको ढुंगा रहेको आदि बही वास्तुकलाका विशेषतासंग मिल्ने सामग्रीहरु रहनुले धेरै मात्रामा यस स्थानमा यालाछें बही रहेको अनुमान गर्न सकिन्छ । चतुब्रम्ह महाविहारका छुंमा खलः बाट हेरविचार र रेखदेख गरिन्दै आएको भनिएतापनि उक्त कार्य कहिलेबाट शुरु गरियो र कहिले सम्म गरियो भन्ने कुनै जानकारी नभएकोले यसै भन्न सकिने अवस्था छैन । राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा यस विहारलाई पूर्ण रुपमा ध्वस्त गरिएको भनाई रहेको छ ।
९. सुवर्ण विहार
परिचय ः भक्तपुर नगरको वडा नं. ५ मा यस सुवर्ण विहार रहेको छ । स्थानिय भाषामा “सुकूध्वाका बही”भनेर पनि चिनिएको यस बाहामा भिमसेनको पनि मूर्ति रहेको छ । बिहारको वास्तुस्वरूप अनुसारको चतुष्कोण आकारको चोक रहेता पनि हाल यसको आकार अलि विग्रिएको देखिन्छ । यस विहारको पूर्वमा गोल्मढी, दक्षिणमा चासुखेलं, पश्चिममा सुकुलध्वाका र उत्तरमा याछें टोल रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि ः यस विहारको प्रारम्भिक इतिहासलाई प्रकाश पार्ने कुनै प्रकारको अभिलेख प्राप्त भएको छैन । यहाँको भौतिक स्वरूपलाई नियाल्दा भक्तपुरको एक पुरानो विहार हो भनि अनुमान गर्न सकिन्छ । यहाँ सुरक्षित “पंचरक्षा” नामक एक कितावमा ज्योति मल्ल देवको नाम स्पष्टसंग उल्लेख भएकोले यस बिहारको प्राचीनता बारे अनुमान गर्न सकिन्छ । । यस पंचरक्षा नामक कितावको अंतिम पेजमा उल्लेखित वाक्यांशंमा यस किताब, पशुपति महाविहारका बज्राचार्य थपालजुबाट सुकुध्वाखा वहिका हलि भारोलाई लेखि (उतार गरी) हस्तान्तरण गरेको देखिन्छ । यस विहार टिबुक्छे र सुकुलध्वाका टोलमा पर्ने भएकोले यस पंचरक्षा किताबमा यस बिहारलाई सुकुध्वाका वही भनेर भनिएको हो । आजसम्म पनि पशुपति (प्रसन्नशिल) महाविहारया बज्राचार्य थपालजुबाट नै यस विहारमा परम्परा कार्य गरी आएको पाईन्छ । यस सुवर्ण विहारको उत्तरी दलानमा रहेको शिलापत्रमा यहाँ गर्नु पर्ने कार्यहरु (विधि विधान)का वारेमा वारेमा स्पष्ट उल्लेख गरिएको पाईन्छ ।
बिहारको स्वरुप, सम्पदा र गतिविधि ः भक्तपुरको एक जिर्ण अवस्थामा रहेको प्राचीन विहार भएकोले यस विहारका संघ सदस्यको (शाक्य, बज्राचार्य वा सुद्धकार) हो भनि कितानका साथ भन्न नसकिएता पनि यहाँ सुद्धकारहरुको एक संघ रहेको छ । उनीहरु त्यहाँ स्थापना गरिएको भिमसेन (भिसिंद्यो) को पुजारीहरु पनि हो । आज भोलि परम्परा चलाई राखेका सुद्धकारहरुको परिवारको संख्या पनि अत्यन्त न्यून रहेको छ । उनीहरुले वर्तमान प्रशन्नशील महाविहारको बज्राचार्य थपालजुबाट परम्परा गरी आएको पाईन्छ । गँुला महिनामा आठ रात नौ दिन वहीद्यो प्रदर्शन गर्ने चलन अद्यपि रहेको देखिन्छ । टेराकोटाको बुद्धको मूर्ति, बज्रधातु मण्डल चैत्य, बज्रसत्वको मूर्ति आदि यहाँका सम्पदाहरु हुन् ।
१०. मञ्जुवर्ण महाविहार
परिचय ः भक्तपुर नगरको वडा नं १० बेखाल टोलमा मञ्जुवर्ण महाविहार रहेको छ । स्थानीय भाषामा “वाउँ बाहाः” भनेर पनि चिनिएको यस बाहाः मा प्रवज्या सम्वर (भिक्षु बनाउने) कार्य निरन्तर रुपमा गर्दै आएको छ । बाहाः वास्तु स्वरुप अनुसार वर्गाकार चोक भएको बाहाको पूर्वमा प्रशन्नशील महाविहार दक्षिणमा थालाछें नागपोखरी, पश्चिममा महालक्ष्मी र उत्तरमा बेखाल पोखरी रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि ः मञ्जुवर्ण महाविहार स्थापना समय उल्लेखित अभिलेख अहिलेसम्म प्राप्त भएको छैन । त्यसो त मध्यकालको अन्तिम समयतिर यस विहारको स्थापना भएको हो भनि अनुमान गरिएको छ । पशुपति महाविहारमा प्रवजित हुनेहरूमध्ये पाटनबाट आएर बसेका बुद्धाचार्य (शाक्य) हरुले यस बिहार स्थापना गरी बज्राचार्य अभिषेक लिई बजाचार्य भएको हो । यस बिहारको अहिलेसम्म प्राप्त भएको सबैभन्दा पुरानो अभिलेख ने.स. ९८६ रहेको छ ।
बाहाःको संघ, गतिविधि र सम्पदा ः मञ्जुवर्ण महाविहारका संघ सदस्य बज्राचार्यहरु हुन् । पाटनवाट आइरहेको वुद्घाचार्य (शाक्य) हरुले यस बिहार स्थापना गरी बज्राचार्य अभिषेक लिइ बज्राचार्य भएको हुनाले बलं गुभाजु (बलपूर्वक गुभाजु) बज्राचार्य भएको भनि भन्ने गरिन्छ । वहाँहरुको संघ सदस्य करिब १५ परिवार रहेको छ । वहाँहरूमध्ये एउटा परिवारले बाहालमा दिनदिनै विहान नित्यपूजा र साँझपख सन्या यायेगु (बत्ती चढाउने) कार्य गरिआएको छ । त्यसै गरि पर्वपूजा अनुसार बाहाःको चैत्यमा हरेक बर्ष बुसाधं (विशेष पुजा) गर्दै आइरहेको छ । यस बाहाःको प्रमुख सम्पदाहरूमा अत्यन्त आकर्षक दुरुलाेंह (मार्बल)को क्वाःपाद्यो(महाबैैरोचन)को मूर्ति, बाहाःको मूल चैत्य र आगंदेवताको रुपमा हेरूक चक्रसम्वर हुन् ।
फोटो क्रमशः
फोटो क्रमशः
१. अखण्डशील महाविहार (बुलुचा), २. जेतवर्ण (तेखाचो), ३. बौद्ध समंकृत (कुथुबही), ४. जयकिर्ति (थथुबही), ५. जेष्ठवर्ण (इताछेँ), ६. लोकेश्वर (कुश्क्व), ७. चर्तुब्रम्ह (साकोथा), ८. यालाछेँ बही (यालाछेँ), ९. सुवर्ण (सुकुलढोका), १०. मन्जुवर्ण (बेखाल), ११. प्रशन्नशील महाविहार (क्वाठण्डौं) क्रमशः
May be an image of temple and textMay be an image of temple and monumentMay be an image of fire escapeNo photo description available.

Leave A Reply

Your email address will not be published.