Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाले देशकै नमुना विश्वविद्यालय बनाउने

मिति २०७५ मंसिर १४ गते शुक्रबार ।

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीति जनताको सेवाको निम्ति हो, व्यक्तिगत फाइदा, नाफा र सुविधा उपभोगको लागि नभएको बताउनुभयो ।
एभीन्युज टेलिभिजनका प्रस्तोता राजन कुइँकेलसँगको अन्तरवार्तामा बोल्दै प्रमुख प्रजापतिले पर्यटकीय महत्व बोकेको भक्तपुर नगरपालिका यहाँको सम्पदा पुनःनिर्माण, फोहोर व्यवस्थापन र भक्तपुर नगरको मौलिकता जोगाउन आफूहरु सक्षम भएको बताउनुभयो ।
उहाँले स्थानीय तह बलियो भए जनता पनि बलियो हुने बताउँदै नगरवासीहरुलाई सुविधा दिने हिसाबले नगरपालिकाले काम गरिरहेको धारणा राख्‍नुभयो ।
भक्तपुर नगरपालिकाले विश्वविद्यालय सञ्चालनको अनुमति पाएको खण्डमा देशकै लागि सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने नमुना विश्वविद्यालय निर्माण गर्ने सोचले अगाडि बढेको बताउनुभयो ।
सम्पदा पुनःनिर्माणजस्तो संवेदनशील र देशको गौरवसँग जोडिएको कार्य ठेक्कापट्टामा गराउनु गलत भएको बताउनु हुँदै स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशमा विदेशी सहयाेगकाे नाउँमा हुने हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘आधुनिकता चाहने नगरवासीहरुको लागि एकीकृत जग्गा आवास योजना पनि भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छ । साथै पुरानो नगरको स्वरुप र मौलिकतालाई पनि ध्यानमा राखेका छौं । पुरानो क्षेत्रभित्र बसोबास गर्ने नगरवासीहरुलाई मौलिक स्वरुपमा घर बनाएमा घरको मोहदामा लाग्ने इटा,काठ र झिंगटीमा खर्च मध्ये ३५ प्रतिशत अनुदानको व्यवस्था गरेका छौं ।’

Leave A Reply

Your email address will not be published.