Explore news and happenings at Bhaktapur

यस वर्षको बिस्का जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय

२०७७ चैत्र २५ गते, बुधबार

0

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सीएमसी) र भक्तपुरको प्रसिद्ध बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाहरूको बैठक बुधबार बस्यो ।

बैठकमा बोल्नुहुँदै सांसद सुवालले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राबारे जनताको मनोभावना समेटिने ढंगले जात्रा सञ्चालन गर्नुपर्नेमा जोड दिनुहुँदै छिमेकी देश भारतमा कोभिड १९ को नयाँ प्रजातिले महामारीको रुप लिएको र केही स्थानहरूमा कफ्र्यु समेत लगाइसकेको अवस्थामा नेपाल—भारतबीचको खुला सीमाका कारण नेपालमा पनि संक्रमण दर बढ्न सक्नेतर्फ सबैजना सचेत रहनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले विगतका दिनदेखि नै भक्तपुर नपाले बिस्केट जात्रासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालाहरूसँग नियमित छलफल गरी निर्णय गर्दै आएको बताउनुहुँदै यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्ने बताउनुभयो ।

बैठकमा भक्तपुर जिल्लाका प्रजिअ प्रेम प्रसाद भट्टराईले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस वर्षको ‘भैरवनाथको रथ तान्ने जात्रा र लिंगो उठाउने र ढाल्ने जात्रालाई प्रशासनले केही कडाइ गरेको स्वीकार्दै जनभावनाअनुरुप नगरपालिकाले गर्ने निर्णयमा आफू सकारात्मक रहेको बताउनुभयो ।

बैठकमा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख अनन्दप्रसाद कर्माचार्य र जात्रासँग सम्बन्धित सरोकारवालाहरूले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

आज बसेको जात्रासँग सम्बन्धित सरोकारवालाहरूसँगको बैठकले बिस्का जात्रा सञ्चालन गर्ने विषयमा केही महत्वपूर्ण निर्णयहरू गरेका छन् ।

बैठकले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गतको भैरवनाथको रथ तान्ने, लिंगो उभ्याउने र ढाल्ने जात्रा कोभिड १९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय ग¥यो ।

बैठकले जात्रा सञ्चालनको प्रत्यक्ष प्रसारण टेलिभिजन, रेडियो, एफ.एम, र सामाजिक सञ्जालमार्फत गर्ने र अनुशासित र मर्यादित रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सभ्य रुपमा जात्रा सम्पन्न गर्न माइकिङ गरी सबैसँग आग्रह गर्ने निर्णय ग¥यो ।
साथै बिस्का जात्रा सञ्चालनको लागि आवश्यक तयारी गर्न सरोकारवाला सबै पक्षसँग आग्रह गर्ने र जात्राको अवधिमा शान्ति सुरक्षाको सबै बन्दोबस्त जिल्लास्थित सुरक्षा निकायमार्फत गर्ने निर्णय उक्त बैठकले ग¥यो ।

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.