Explore news and happenings at Bhaktapur

पर्सामा समसामयिक राजनीतिक विषयमा भेला

पर्सा । २०७७ चैत्र ९ गते, सोमबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपा कामदार वर्गलाई राजनैतिक रुपमा सचेत र संगठित बनाई उनीहरुलाई शासन सत्तामा पु¥याउने उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।

नेपालको समसामयिक विषयमा पर्साको पोखरियामा भएको भेलामा बोल्नुहुँदै उहाँले शिक्षा प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको र शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा भक्तपुर नगरपालिकाले समाजवादी मोडल अनुसार काम गरिरहेको बताउनुभयो ।

उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरी समाजलाई वैज्ञानिक ढंगले अगाडि बढाउन क्रियाशील रहेको बताउनुहुँदै नेपाल कृषि प्रधान र जलस्रोतमा धनी देश भएर पनि व्यवस्थित सिंचाइको अभावका कारण कृषि क्षेत्रको समुचित विकास हुन नसकेको बताउनुभयो ।
नेपालमै सुविधासम्पन्न मल कारखाना खोल्नुपर्नेमा जोड दिनुहुँदै उहाँले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारको नीति किसानविरोधी नीति भएको र खेती योग्य जमिन, खनिज पदार्थ तथा प्राकृतिक स्रोतसाधनको संरक्षण गरी सही सदुपयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

देश विकासमा विदेशीको भर पर्नु भनेको नेपाललाई भारतको उपनिवेश बनाउनुसरह हुने बताउनुहुँदै नेता प्रजापतिले आफ्नो हक अधिकारको सुनिश्चिताको लागि कामदार वर्ग सचेत र संगठित हुनुपर्ने र राजनैतिक रुपले सचेत नागरिकहरुले कुनै प्रलोभनमा नपरी देश र जनताको इमानदारीपूर्वक सेवा गर्छ भन्नुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले समाजवादी गणतन्त्रको प्रचार अभियानमार्फत युवा विद्यार्थीलाई संगठित पार्दै नेमकिपाले देशका विभिन्न जिल्लाहरुमा भेला तथा छलफल चलाइरहेको बताउनुभयो । नेमकिपाका निर्वाचित जनप्रतिनिधि जनताको सेवामा समर्पित भएर काम गरिरहेको बताउनुहुँदै उहाँले समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपा क्रियाशील रहेको बताउनुभयो ।

भेलामा नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोज साहले कामदार वर्गको प्रजातन्त्र भन्नु नै समाजवादी गणतन्त्र भएको बताउनुहुँदै राजनीतिक चेतनाका कारण देश र समाजको विकासमा मद्दत पुग्ने बताउनुभयो ।

भेलामा नेमकिपा पर्सा जिल्ला समितिका सदस्य इस्लाम मियाँले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.