Explore news and happenings at Bhaktapur

ख्वप संस्कृति अध्ययन केन्द्र स्थापना गर्ने घोषणा

भक्तपुर, २०७५ मंसिर १० गते।

0

जङ्गम प्रतिष्ठान, जङ्गम मठ भक्तपुरको आयोजनामा मंसिर १० गते सम्पन्न वीरशैव जङ्गम संग्रहालय तथा ख्वप संस्कृति अध्ययन केन्द्रको घोषणा तथा उद्‍घाटन कार्यक्रम सम्पन्न भयो । शताब्दीपुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले पानसमा द्विप प्रज्ज्वलन गरी उक्त कार्यक्रमको उद‍्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुर्खाको सम्पत्ति संरक्षण गरेर पहिचान गर्नु र त्यसको संम्बर्धन गर्नु हाम्रो दायित्व भएको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘भक्तपुर नगरपालिकाले प्राप्त प्रमाणका आधारमा सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारको कार्यलाई अगाडि बढाइरहेको छ । साथै भनपाले भक्तपुरमा साँस्कृतिक संग्रहालय खोल्न अध्ययन गरिरहेको छ ।’
भक्तपुरमा साँस्कृतिक संग्रहालय निर्माण हुनु देशकै प्रतिष्ठा भएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरमा आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्ने राम्रो माध्यम भएको बताउनुभयो ।
कार्यक्रममा इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर नगर आफैमा खुल्ला आकासमुनिको संग्रहालय भएको बताउँदै ख्वप संस्कृति अध्ययन केन्द्रले देशको प्रतिष्ठा बढाउन मद्दत पुग्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.