Explore news and happenings at Bhaktapur

अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु

भक्तपुर, २०७७ फागुन २९ गते शनिबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता २९ गते दिनको २:५० बजेबाट माहेश्वरी बैंक्वेटको हलमा भइरहेको छ ।

भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिताको पहिलो दिन भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित पहिलो राउण्डको खेलमा काठमाण्डौं, ललितपुर मनपा, भिमेश्वर नपा र दमक नपाले विजयी शुरुवात गरेका छन् । जसमा ललितपुरका सजिन महर्जन, बद्रिलाल नेपाली, विलमलाल श्रेष्ठ र सुरोज महर्जनको टीमले सुपको गोदावरी नपालाई ४—० ले पराजित गरे । काठमाण्डौंले तारकेश्वर नपालाई साढे तीनका विरुद्ध आधा अंकले हराए । काठमाण्डौका लागि केशव श्रेष्ठ, नबिन तण्डुकार र राजेन्द्र बज्राचार्यले जीतेका थिए भने रिजेन्द्र राजभण्डारीलाई १२ बर्षिय पुरुषोत्तम सिलवालले बराबरीमा रोके । यस्तै गोकर्णेश्वर नपाले पोखरा मनपालाई ३—१ ले हराउन सफल भए । गोकर्णेश्वरका पुन्यमान कर्माचार्य, जनार्दन श्रेष्ठ, भगवती शर्माले जिते भने राजभक्त कछेपति पोखराका रामबहादुर क्षेत्रीसित हारे ।

स्वीस लिग ७ राउण्डको खेल हुने प्रतियोगितामा भिमेश्वर नपाले भक्तपुरको सुर्यविनायक नपालाई ३—१ ले हराए । त्यसैगरी दमक नपाले बनेपा नपालाई ४—० ले हराएका थिए । ४ दिने प्रतियोगितामा देशभरबाट २२ वटा नगरपालिकाहरु सहभागी छन् ।

Leave A Reply

Your email address will not be published.