Explore news and happenings at Bhaktapur

भक्तपुर नपाको आठौं नगरसभा सम्पन्न

सभाबाट ‘ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७’ र ‘ख्वप कलेज (पहिलो संशोधन) विनियम २०७७’ पारित २०७७ फागुन ३ गते, सोमबार

0

भक्तपुर नगरपालिकाको आठौं नगरसभा सोमबार सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको आठौं नगरसभाको आज बसेको बैठकले ‘ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७’ र ‘ख्वप कलेज (पहिलो संशोधन) विनियम २०७७’ सर्वसम्मतिले पारित ग¥यो ।
सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्य सेवाको बिस्तार, विकास र प्रभावकारिता बढाई नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूत गराउन, जनतालाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन र आर्थिक र प्रशासनिक बन्दोबस्त अझ व्यवस्थित गर्ने उद्देश्यले भक्तपुर नपाको आठौं नगरसभाले सो नियमावली पारित गरेको हो ।


बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०५५ सालदेखि हरेक वर्ष अन्तर नगर (कबड्डी, बक्सिङ, टेबलटेनिस, भलिबल, कराँते र एथ्लेटिक्स) खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यस वर्ष भक्तपुर नपाको आयोजनामा सहिद दिवसको अवसरमा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने जानकारी गराउनुभयो ।

आज पारित ‘ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७’ माथि भएको छलफलमा सभासद्हरु राजेन्द्र माक, शिवप्रसाद बाला, श्यामसुन्दर मातां र गोविन्द दुवालले आ–आफ्नो विचार राख्नुभएको थियो ।
सभासद्हरुबाट प्राप्त जिज्ञासामाथि विधायन समितिका संयोजक हरिराम सुवालले प्रष्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.