Explore news and happenings at Bhaktapur

श्वेत भैरव साकोसको १३ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रम सम्पन्न

२०७७ पुस १६ गते, बिहीबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि। को १३ औं वार्षिक साधारणसभा २०७७ को उद्घाटन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख प्रजापतिले बचत तथा ऋण सहकारी संस्थाको उद्देश्य नाफा कमाउने मात्र नभई सदस्यहरुको हितमा काम गर्ने हुनुपर्ने बताउनुहुँदै संस्थाले विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्ने र भक्तपुरबासी किसानहरुको लागि सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

वर्तमान समसामयिक राजनीतिक विषयमा चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले पुँजीवादी व्यवस्थामा प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार हुने र प्रधानमन्त्री केपी ओलीबाट त्यस अधिकारको प्रयोग भएको बताउनुहुँदै नेकपा विभाजन सिद्धान्तको नभई सत्ता प्राप्ति र व्यक्तिगत स्वार्थबाट उत्पन्न भएको बताउनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा विभिन्न सहकारी संघ–संस्थाहरुबाट आर्थिक तथा भौतिक सहयोग गरेर कोरोनाविरुद्धको लडाइमा नगरपालिकालाई निरन्तर साथ दिइरहेको बताउनुहुँदै उहाँले भक्तपुरलाई देशकै सुन्दर नगरको रुपमा विकास गर्ने उद्देश्य रहेको र नगरलाई सफा राख्न नगरबासीहरुको साथ र सहयोगको आग्रह गर्नुभयो ।

भक्तपुर नपा वडा नं। ८ का वडाध्यक्ष महेन्द्र खायमलीले संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने औंल्याउनुहुँदै सहकारी संस्थालाई नियन्त्रण गर्ने ढंगले माफियाहरु सक्रिय रहेकोतर्फ सचेत पार्नुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला साकोसका अध्यक्ष कृष्णगोविन्द लाखाजुले ‘एक व्यक्ति एक सहकारी’ अन्तर्राष्ट्रिय सरकारीको मूल्यमान्यताविपरीत भएको बताउनुहुँदै साधारणसभामार्फत संस्थाको गतिविधिबारे सुसूचित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष, पूर्व उपाध्यक्ष कृष्णप्रसाद कोजु, संघका उपाध्यक्ष जितेन्द्र खायमली, सचिव सत्यनारायण गाइजुलगायतले संस्थाको स्थापनाको उद्देश्यबारे प्रष्ट पार्नुहुँदै स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा संस्थाले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.